CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आर्थिक समस्या नहुने एसिड आक्रमण शिकार मुस्कानको उपचारमा

मुख्यमन्त्री राउत र साँसद यादव पिडित भेंटन अस्पताल पुगे

फेटा GP PSA
634
सिम्रौन्गढ़ नपा psa

 वीरगन्ज ।

एसिड आक्रमण पिडित मुस्कानको उपचार खर्च प्रदेश २ का मुख्यमन्त्री कार्यालयले बेहोर्ने भएको छ । समाजवादी पार्टी का राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र न.१ का सांसद प्रदिप यादवले एसिड आक्रमणबाट घाइते भइ उपचाररत  मुस्कान खातुनलाई सोमवार बिहान भेटेका छन् । दुबै जना बालिकालाई भेंटन एकाबिहानै किर्तिपुरस्थित बर्न अस्पताल पुगेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मुख्यमन्त्री राउत र सांसद यादवले उनको उपचारमा कुनै कमी नहु नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्रीले प्रदेश सरकारको तर्फबाट पिडितको उपचार खर्च बेहोर्ने जनाएका छन् । ‘बिभिन्न सहगोगी हातहरु अहिले अगाडी बढेकोमा आउने सहयोगमा अपुग हुने सम्पुर्ण खर्च मुख्यमन्त्रीज्युले बेहोर्न भनिसक्नु भएको छ,’ आफै नगद पचास हजार रुपैया सहयोगगर्नुका साँथै सुरुदेखी बालिकाको उपचामा सघाईरहेका साँसद यादवले भने, ‘खर्चको अभावमा उपचार प्रभावित हुनु हुदैन ।

Karaiya Mai Notice Winter

राम्रो भन्दा राम्रो उपचार गराएर बालिकालाई पुनः स्वस्थ्य बनाउन र पिडकलाई उचित रुपमा दण्डित गर्न हामी पहलमा छौं ।’ यसअघि समेत मुख्यमन्त्री राउतले उपचारका लागि पाँच लाख रुपैया दिने जनाएका थिए । त्यसबाहेक समेत कुनै खर्च लागेका त्यसको प्रबन्ध गर्ने उनले जनाएका हुन ।

शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले वीरगञ्जको गणेशमान सिंहचोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुन वडा नम्बर २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन । कीर्तिपुरस्थित नेपाल ‘क्लेफ्ट एन्ड बर्न सेन्टर’को आइसियूमा रहेकी खातुनलाई भेट्न पुगेका मुख्यमन्त्री र सांसद यादवले उपचारमा जुटेका चिकित्सकहरुसंग पनि भेंटेका थिए ।

मुख्यमन्त्री संगै अस्पताल पुगेका सांसद यादवले मुस्कान आफ्नो छोरी जस्तो भएको जिकिर गर्दै उसको न्यायको लागि हदैसम्म लड्ने र अपराधीलाइ कुनै पनि हालतमा उन्मुक्ति पाउन नदिने मुस्कानका बुवा अलिलाई बताए । साँसद यादवले आफ्नु सकेसम्म सहयोग गर्ने र अविभावकत्व लिने बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश