विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आफ्नो तेस्रो आँखा खोल्न सकिन्छ, ध्यान गर्दा भगवान पाउछ : डा. जेपि अग्रवाल

सिम्रौन्गढ़ नपा psa

बीरगंज पर्सा ।।

बीरगंजको घन्टा गर नजिक बिपि उध्यानमा गरिएको एक कार्यक्रममा भगवानको ध्यान गर्दा भगवान लाई पाउन सकिन्छ भन्ने कुरा विशिस्ट अतिथि रहेका डा. जयप्रकाश अग्रवालले यस्तो बताएका हुन। बाल दिवसको अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण कार्यक्रममा डा. अग्रवालले यस्तो बताएका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शैक्षिक सामग्री वितरण कार्यक्रममा पाच वटा सरकारी विद्यालयका करिव ५००/- जना विद्यार्थीहरु लाई वितरण गरिएको थियो। नेपाल मानव धर्म सेवा समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो। भौतिक सुख प्राप्त नभए सम्म शारीरिक, मान्सिक, वा पारलौकिक सुख प्राप्त गर्न सकिदैन र त्यसमा पनि शिक्षा अत्यन्त आवस्यक भएकोले उक्त कार्यक्रम गरिएको जनाइएको छ।

Karaiya Mai Notice Winter

कार्यक्रमको मुल उदेश्य भनेको मानिस साच्चिकै पावर फुल हुन जस्ले यो संसारमा जे पनि गर्न सक्छ। भगवान शंकरको तीन्टा आँखा थियो भने सुनेको तर वास्तविक मानिसको पनि रहेको कुरा कार्यक्रममा चर्चा गरिएको थियो। हामी आफ्नो त्यो तेस्रो आँखा खोल्न नजानेर बन्द रहेको पनि आस्चर्य चकित गर्ने कुरा गरिएको थियो।

हुनत सबैले भन्ने गर्छन कि भगवान एउटै हुन तर धर्म अनुसार फरक- फरक तरिकाले मान्ने गरेको पाइन्छ। तर सत्य भनेको एउटै हुन र त्याहा सम्म पुग्ने बाटो पनि एउटै हो भन्ने कुरा पनि जिकिर गरिएको थियो।

उक्त कार्यक्रम मानव धर्म सेवा समिति पर्सा बीरगंज शाखाका अध्यक्ष जवाहर प्रशाद गुप्ताको अध्यक्षता तथा नगर प्रमुख बिजय सरावगीको प्रमुख आतिथ्यता एवं उप-प्रमुख शान्ति कार्की, मानव धर्म सेवा समितिका वरिष्ठ सल्लाहकार डा. जेपि अग्रवाल, रामनरेश यादव, अजय कुमार दुवेदी, अनुरुद्ध प्रसाद कलवार, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा लगायतको विशिस्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो।

कार्यक्रममा संस्थाका धर्म गुरुहरु अनपुर्ण बाइजी, सज्जन बाइजी, पुनित बाइजी, मर्यादा बाइजी, चैती बाइजी तथा सर्वसाधारणहरु लगायतका सहभागितामा कार्यक्रम गरिएको थियो। कार्यक्रम संचालन संस्थाका पर्सा शाखा सचीव राकेश चौधरीले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed