विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा नागरिक सैनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा 

सिरहा, भदौं  ३० गते । नागरिक र  नेपाली सेनाका बीच आपसी सम्बन्ध अझ प्रगाढ होस् भनि नेपाली सेनाले सिराहमा पहिलो पटक सिरहाका नागरिकसँग नागरिक सैनिक सम्वाद गरेको छ। सेनाको बिषयमा बाहिरी आउने कुरा यथार्थ नभई भ्रमपूर्ण पनि हुन सक्ने निष्कर्षसहित जनता र सेनाका बीचको बास्तविक सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाली सेनाले सिराहमा यस्तो कार्यक्रम गरेको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सेना र उसको रोललाई गलत नबुझिदिन उनले सिरहाका समाजसेवी र सञ्चारकर्मी तथा नागरिकहरुसँग आग्रह गरे। सेनाका ५⁄६ वटा महत्वपूर्ण रोलहरु मध्ये अन्तिममा अन्य पनि रहे अनुसार राज्यले दिएको जिम्मेवारी मात्र बहन गर्दै सेनाले सडक, घर बनाउने जस्ता भौतिक पूर्वाधारका काम गरेको उनको तर्क छ। सेनाले म यो गर्छु भनेर मागेर केही गरेको छैन्। देशको समृद्धि र उन्नतिका लागि राज्यले दिएको नीतिगत जिम्मेवारीलाई भने सेनाले पूरा गर्न सक्दिन भन्दै नेपाली सेनाका श्रव्यदृष्य महाशाखाका महा सेनानी ईश्वर कुमार श्रेष्ठले भने। ‘सेना र जनता बीचको ग्याप र ओभरल्यापलाई हटाउन सेनाले नागरिक सैनिक अन्तरक्रिया कार्यक्रम थालनी गरेको हो।

‘सेना र जनता बीचको ग्याप र ओभरल्यापलाई हटाउन सेनाले नागरिक सैनिक अन्तरक्रिया कार्यक्रम थालनी गरेको हो । नेपाली सेनाले परम्परागत ढर्राभन्दा सतहमा झरेर नागरिकसँग अन्तरक्रिया, सम्वाद गर्दा सधैं अक्षुण रहेको नेपाली सेनाको छबि र निष्ठामा भने कमी आउन नहुने गरी सेनाले अझ जनतासँग कसिलो सम्बन्ध बनाई अगाडी बढ्नु पर्ने सहभागीहरुको सुझाब छ । सेनाको ‘एक्सन रोल बढी र सम्वादको रोल कम हुँदा नै राम्रो हुन्छ कि भन्ने विषयले पनि कार्यक्रममा प्रवेश पाएको छ । सेना जहिले पनि जनताको मनमा बस्नु पर्छ ।’

उक्त कार्यक्रममा नेपाली सेनाको सप्ताहिक रेडियो कार्यक्रम सम्प्रेषण गरेवापत सिरहा जिल्लामा रहेको  एफ एम को  प्रतिनिधिहरुलाइ महा सेनानी श्रेष्ठले कदर पत्र प्रदान गरेका थिए । सो कार्यक्रममा महा सेनानी ,सेनानी लगायत उच्च दर्जाका पदाधिकारीहरुको सहभागीता रहेको थियो । नागरिक सैनिक अन्तरक्रिया कार्यक्रमको आयोजन भने नेपाली सेनाको जनसम्पर्क निर्देशनालयकै अगुवाईमा भएको हो । कार्यक्रममा नेपाली सेनाको सकारात्मक कार्य सम्पादन झल्कने दुईवटा लघु कथा पनि प्रस्तुत गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed