विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाेइलर चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय नागरिक पक्राउ

सिम्रौन्गढ़ नपा psa

आयातित बाेइलर कुखुराका चल्लालाई लाेकल भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ परेका छन् ।
बाेइलरका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’का चल्ला भन्दै महङ्गो दरमा बिक्री गर्दै हिड्ने भारतीय नागरिक मोहम्मद नाजिर र सरिफ अलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हाे ।
भारतकाे रामपुर घर भएका नाजिर र अलीलाई सेतो चल्लामा मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएकाे इप्रका काेहलपुरले जनाएकाे छ । साे गिराेहबाट प्रहरीले कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका करिब १०० चल्लासमेत बरामद गरेकाे छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed