विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हत्या आरोपीहरुलाई कानुनी दायरामा ल्याउन जिल्ला अदालत अगाडी प्रदर्शन

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर ।।

बिराटनगर १४ को श्यामानन्द यादवको हत्या आरोपलागेका फरार तीन जना वडाध्यक्ष सहित ९ जना अभियुक्तलाई पक्राउ गर्न माग गर्दै पीडितहरुले जिल्ला अदालत अगाडी प्रदर्शन गरेको छ। जेठ ३२ गते बिबाहको बिषयलाई लिएर भएको विवादको क्रममा कुटपिटबाट घाइते भएको ५५ वर्षीय सयामानन्द यादवको उपचारको क्रममा असार २७ गते बिहान कोशी अस्पतालमा मुत्यु भएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

दुई महिना बितिसक्दा पनि हत्या आरोपी अभियुक्तहरु अहिलेसम्म फरार रहेकोले पीडित पक्षले पक्राउ गर्न माग गर्दै आज जिल्ला अदालत मोरङ अगाडी प्रदर्शन गरेको हो। मृत्युमा सम्लग्न भएको आरोप लागेको बिराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष बलदेव यादव , १८ का वडा अध्यक्ष संजय शाह र जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदीप यादव सहित ९ जना विरुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान अपराधमा मुद्दा दर्ता गराएको थियो।

Karaiya Mai Notice Winter

मुद्दा दर्ता भएपछि फरार भएको आरोपीहरुलाई प्रहरीले फेला पर्न सकेको छैन भने हत्याकै आरोपी दिपेश यादव आफै हाजिर भएको छ। प्रहरीले हत्यामा १० जनाको संलग्नता भएको दाबी सहितको अनुसन्धान प्रतिबेदन अदालतमा बुझाइएको छ। हत्यामा संलग्न आरोपिलाई पक्राउ गरि कानुनी दायरामा लयाउनु पर्ने माग गर्दै अदालत अगाडी प्लेकार्ड बोकेर नाराबाजी गर्दै प्रदर्शन गरेको छ।

हत्यामा संलग्न बिराटनगर महानगरपालिका १४ का वडाघ्यक्ष बलदेव यादव , उहाँको छोरा रबिन यादव , १८ न. वडाध्यक्ष संजय यादव , भोला यादव , किरानी भनिने दिनेश यादव , १४ न. को शम्भु भनिने बिजय यादव ,जहदा गाउँपालिका १ वडाध्यक्ष प्रदीप यादव , बिन्देश्वर यादव , बिरेश यादव अहिले पनि फरार रहेकोले यथासिघ्र पक्राउ गरि पीडितलाई न्याय दिनु पर्ने माग गरेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed