विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जेबि टुहुरेको एकल सांगीतिक सांझ बिराटनगरमा हुने

जेबि टुहुरेको एकल सांगीतिक सांझ बिराटनगरमा हुने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर
असोज ९,
जनवादी गायक जेबि टुहुरेको एकल सांगीतिक सांझ बिराटनगरमा हुनु भएको छ।
बिराटनगर स्थित विरेन्द्र सभागृह हलमा शनिबार दिउँसो ३:३० बजे जेबि टुहुरे फाउन्डेसनको आयोजनामा यो एकल सांझ हुन लागेको हो।
आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै यो जेबि टुहुरेको तेस्रो एकल संझा हो ।एकल सांझमा जेबि टुहुरेले १३ वटा चेतना र सन्देशमुलक गीत गाउने र दुईवटा गीतमा नृत्य प्रस्तुत गर्ने फाउन्डेसनकि अध्यक्ष निर्बिका टुहेरेले जानकारी गराउनु भयो।
बामपंथी बिचारबाट प्रभावित भएर जनताको हितमा गाउनु पर्छ भन्ने सोचबाट गाउन थालेको टुहुरे ७५ वर्षको उमेरमा पनि सातवटै प्रदेशमा एकल सांझ गर्ने लक्ष्य लिएर अगाडी बढिरहेको कार्यक्रमको कोषाध्यक्ष खेम नेपालीले बताउनु भयो। उहाँका अनुसार टुहुरेले अहिले सम्म १ सय ५० वटा चेतनामुलक र सन्देशमुलक गीत गाउनुको साथै आघा दर्जन बाढी चेतनामुलक प्रगतिशील गीति एल्बम पनि निकालि सक्नु भएको जानकारी गराउनु भयो।
एकल सांझमा टुहुरेलाई साथ दिन मधु गुरुङ , आकाश थापा, बिहानी बिक र गंगा राई लगायतको गायक आउने छ्न। एकल सांझको प्रमुख अतिथी प्रदेशका मुख्य मन्त्री शेरधन राई लगायत बिशिस्ट ब्यक्तिहरुको सहभागी हुने फाउन्डेसनका सचिब बिरेन्द्र बस्नेतले बताउनु भयो। उहाँले जनगायक जेबि टुहुरेको योगदान र गीत संगीतबारे बुझाउन एकल संझा आयोजना गर्न लागिएको बताउनु भयो। बस्नेतका अनुसार प्रदेश १ मा चांडै आधुनिक रेकर्डिङ स्टुडियो पनि निर्माण गर्न लागेको र यस्को लागि प्रदेश सरकारले ४० लाख बजेट बिनियोजन गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed