विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लहानमा सामुदायिक सम्वाद कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

महेश सिंह, सिरहा, लहान १५ असोज ।

शान्ति र समाजिक सदभाव सुदृढिकरणका लागी सम्वाद सहजिकरण तथा मेलमिलाप कार्यक्रम अन्तर्गत दिगो शान्ति र समाजिक सदभावका लागी राजनितिक दलहरुको भुमिका विषयक समुदायिक सम्वाद कार्यक्रम सोमबार लहानमा सम्पन्न भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा लहान नगरपािलका क्षेत्र भित्रका अतुलनिय समस्याहरुलाई पहिचान गरी ती समस्याहरुलाई चिरफरा गर्न नगर क्षेत्र भित्रका विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि बिच सामुदायिक संवाद भएको थियो ।

कार्यक्रममा सहभागीहरले लहान नगर भित्रका सरसफाई, ढल निकास, वडा स्तरीय बजेट विनियोजन तथा फोहर व्वस्थापनको विषयलाई बढी प्राथमिकतामा राखी सम्वाद गरेका थिए ।

सम्वाद कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई समेटन नेकपा नगर अध्यक्ष सचितानन्द चौधरी, नेपाली कंग्रेसमा प्रतिनिधि अरुण के सी, समाजवादी पार्टीका क्षेत्रिय अध्यक्ष प्रयागलाल यादव,राजपाका नगर सचिव देव नारायण महतो, राप्रपा का सदस्य सचिव सुर्य कुमार साह र जनमत पार्टीका नगर सभापति देवनाथ सिंहले जवाफ दिएका थिए ।

Karaiya Mai Notice Winter

प्रो पब्लिक संस्थाको आयोजना र समग्र जन उत्थान केन्द्र,मुक्ति नेपाल र लवकुश अध्यन केन्द्रको सहकार्यमा गरेको सो कार्यक्रम नेपालको ४ वटा जिल्लामा संचालनमा रहेको आयोजक संस्थाका कार्यकारी निर्देशक बाबुराम पौडेलले बताएका छन ।

जिज्ञासालाई मेटाउने क्रममा नेकपाका सभापति चौधरीले भनु भयो आईदा नगरमा बजेट ल्याउदा हामी सबैको सहकार्यमा ल्यउछौ र सबैलाई समान पुर्वक हामी बजेट दिन्छौ भनी प्रतिबद्धता समेत गर्नु भयो, त्यस्तै सरसफाई ढल निकास तथा फोहर व्यवस्थापनको बारेका नेपाली काग्रेसका के सी भनु भयो सो ओजनाहरुको ग्राईन डिजाईन भई सकेको छ अब ,छिटो भन्दा छिटो यस नगरका यस्ता समस्या समाधान हुन्छ भनेमा जोड दिएका थिए ।

कार्यक्रमको बारेमा संस्थाका कार्यकारी निर्देशक पौडेलले जानकारी गराउन् भएको थियो भने लहानको पहिचान र समस्याको बारेमा लहान एभरेष्ट कलेजका प्रोफेसर चक्रपानी दहालले जानकारी गराउनु भएको थियो ।

कार्यक्रम लहान नगरपालिका १५ का वडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षता सम्पन्न सो कार्यक्रममा समग्रका सुनिल कुमार साह, ओरेक नेपालका जिल्ला संयोजक ज्योति तिवारी,मुक्ति नेपालका सुगम विश्कर्मा र अध्यन केन्द्रका अध्यक्ष ज्ञान कुमार महतोको उपस्थित रहेको थियो ।

कार्यक्रममा करीब ६० जनाको उपस्थित रहेको संस्थाका कार्यक्रम संयोजक त्रिलोक शमार्ले जानकारी दिएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed