विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार बर्मालाई मेयर यादव द्धारा कुटपिट, कुटपिट गर्नेलाई कार्यवाहिका लागि निवेदन दर्ता

सिम्रौन्गढ़ नपा psa

कलैया १६ असोज
इंटरनेशनल प्रेस क्लब नेपाल चेप्टर का सदस्य व सिआईएन नेपाल डटकमका संचालक अनिल बर्मालाई महागढीमाई नग्पालिकाका मेयर उपेन्द्र यादवले कुटपिट गरेका छन् ।
विहिबार पत्रकार बर्मा नगरपालिकामा रहेको सरकारी गाडीको प्रयोग तथा त्यसमा प्रयोग हुने ईन्धनका बारेमा अधुरो सूचना दिएकोमा बाकी रहेको सूचना माँग गर्न गएका बेला सूचना अधिकारी कृष्ण सिहले सूचना नदिई तपाईलाई मेयर साहेवले बोलाएको भनेपछि म मेयर यादवलाई भेटन जादा कोठामा पसेपछि मेयर साहव नम्सकार भनेको शब्द नसकिदै मेयर यादवले आफनै कार्यकक्षमा नाना थरीका गाली गलौज गरि हातपात गर्दै कुटपिट समेत गरेको पिडित बर्माले जानकारी दिए । त्यति मात्र नभई मेयर यादवले नगर प्रहरीलाई लगाई समेत मलाई लछारपछार गरी कुटपिट गर्न लगाई समसुङ्ग १ थान, सदा मोवाईल १ थान, संस्थाको आडीकार्ड १ थान समेत खोसी लिएको बर्माको अरोप रहेको छ । १५ दिन पहिला सो सूचना माँग गरेपछि गाडीको विवरण दिएको र तेलको प्रयोग के कति भएको हो भने सूचना नदिएको बर्माको गुनसा रहेको छ । कानुनी राज्यमा पनि सूचना पाउनु नागरिकको अधिकार हुदा हुदै मलाई यसरी कुटपिट गरि मेयर यादवले कानुन भन्दा माथि आफु रहेको प्रमाण दिएका हुन । मलाई कुटपिट गरी मेरो ईज्जत र प्रतिष्ठन माथि नै खेलवाड गरेको हुदा मेयर यादव र नगर प्रहरीलाई हदै सम्मको कार्यवाही गर्न बर्माले माँग गरे । यसैविच पिडित पत्रकार बर्माले न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् । निवेदनको दर्ता नम्बर ९ सय ६७ रहेको छ । पत्रकारहरुले घटना निन्दनीय रहेको भन्दै दोषी माथि कार्यवाही गर्न माँग गरेका छन् । प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले घटना बारे आफुले पनि छानविन गरि दोषी ठहरिए प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता ब्यतm गरेका पिडित बार्मले भने ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed