विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरी निरीक्षक नायकको नयाँ अपरेसन, तालिम प्राप्त कुकुर द्वारा चेक जांच सुरु

सिम्रौन्गढ़ नपा psa

अखिलेश कुमार यादव, असोज २० ।।

प्रहरी निरिक्षक पप्पु नायक रौतहट आउने बितिकै तस्करी देखि लिएर फरार अपराधी धमाधाम पक्राउ परे पछि रौतहटको तस्करीको कारोबार कम भएको छ। प्रहरी निरीक्षक पप्पु नायकको कमान्डमा रौतहट प्रहरी जिल्लाको सुरक्षा प्रती गम्भीरताका साथ लागी परेको देखिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट गौरबाट खटिएको संयुक्त प्रहरी टोलीले विजय दशमीको उपलक्ष्यमा शान्ति सुरक्षालाई मध्यनजर गरी गौर नगरपालिका स्थित रहेको जिल्ला कारागार परिसर, भन्सार सुरक्षा गार्ड, मेनचोक, विपिचोक, बसपार्कको एरियामा तालिम प्राप्त कुकुर सहितको सघन चेकजाँच शुरू गरेको हो ।

Karaiya Mai Notice Winter

दशैं र छठलाई लक्षित गरि रौतहट जिल्लाको शान्ति सुरक्षा लाई मध्यनजर राखी भारतीय देशबाट भित्रीने हातहतियार, खरखजाना तथा लागु औषधलाई नियन्त्रण गर्नको निमित्त यो चेक जाँच शुरू गरिएको निरीक्षक नायकले बताएका छन ।

अपराधी मनासाय बोकेका मानिसहरुले गर्ने अपराध , अपराधिक क्रियाकलाप ,तस्करी लाई निरुतसाहित गराउने लक्ष्य स्वरुप जिल्ला प्रहरी कार्यालय रौतहटले यो सुरक्षा व्यबस्था मिलाईएको नायकले बताए । यस्तो चेक जाँच अन्य दिनमा जिल्लाको अन्य ठाउमा समेत रहि रहने नायकले बताए ।

जिल्ला प्रहरी कार्यालयले सम्पुर्ण रौतहटवासीहरुलाई वडा दशैंमा उच्च सुरक्षा दिने प्रतिवद्धता गरेको छ । हामी त्यसै प्रतिबद्धता लाई पूरा गर्न अहोरात्र खटेका छौ ,जनतालाइ कुनै तनाब नलिइ भयत्रास मुक्त भएर चाडपर्व मनाउन आहवान गरे।जिल्लामा कुनै शंकास्पद क्रियाकलाप देखिए ०५५ ५२०८४० मा सम्पर्क गर्न आहवान गरिएको छ ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed