विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एक दिने बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,असोज २७ गते । जीवन बीमाको माध्यमले देशलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यका साथ कामगर्दै आईरहेको नेपाल लाईफ इन्स्योरेन्स क.लि. को बीमा एक दिने बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ ।
अभिकर्ताहरुलाई उचित परामर्शको माध्यमबाट सक्षम बनाई बीमा बजार व्यवसायमा बलियो बनाउनका लागी प्रशिक्षण कार्यक्रम गरिएको सो कम्पनीले जनाएको छ । नेपाल लाईफ इन्स्योरेन्स सिरहा उप –शाखाको ब्यबस्थापनमा संचालित तालिममा सिरहा जिल्ला भरि करिब एक सय अभिकर्ताहरुको सहभागिता रहेको नेपाल लाईफ इन्स्योरेन्स सिरहाका वरिष्ठ एजेन्सी मेनेजर सुरेश कुमार ठाकुरले बताए ।

Karaiya Mai Notice Winter

साथै उक्त कार्यक्रममा सिरहा उप–शाखाका प्रमुख पूर्ण कुमार कर्ण सिरहा उपशाखाको बारेमा जानकारी दिदै सिरहा उपशाखा पूर्वाञ्चल मै सब भन्दा राम्रो रहेको बताउनु भयो र भाबी दिनमै सिरहा उपशाखा शाखाका रुपमा स्थापना हुने उक्त कार्यमा सबै अभिर्कतालाई सहयोग गर्न हुन आग्रह समेत गरेका हुन ।
उक्त कार्यक्रमको अध्यक्षता नेपाल लाईफ इन्स्योरेन्सका सिरहाका वरिष्ठ एजेन्सी मेनेजर सुरेश कुमार ठाकुरले गरेका थिए । भने प्रमुख अतिथि सिरहा उप–शाखाका प्रमुख पूर्ण कुमार कर्णले रहेका थिए भने अतिथिको रुपमा नेपाल लाईफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी मेनेजर राजकुमार यादब,अतिथिको रुपमा नेपाल लाईफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी मेनेजर गणेश कुमार ठाकुर, अतिथिको रुपमा नेपाल लाईफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी मेनेजर विरेन्द्र साह, अतिथिको रुपमा नेपाल लाईफ सिरहा उप–शाखाका कर्मचारी अनिल कुमार यादब, अतिथिको रुपमा नेपाल लाईफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी मेनेजर विरेन्द्र शर्मा लगायत सहभागिता रहेका थियो ।
यस तालिमले कम्पनीको व्यबसाय अभिबृद्धिको साथै अभिकर्ताको माध्यमबाट स्वरोजगार कार्यक्रममा सहयोग पुग्ने विश्वास लिइएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed