विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

पक्राउ परेका निलम्बित सांसद अालमलाई ७ दिनको म्याद थप ।

पक्राउ परेका निलम्बित सांसद अालमलाई ७ दिनको म्याद थप ।

सिम्रौन्गढ़ नपा psa

पक्राउ परेका निलम्बित सांसद अालमलाई ७ दिनको म्याद थप ।

karaiya holi 2082

अमित ठाकुर।रौतहट।असोज २८ । गत अाईतबार बम काण्डमा जिउँदै जलाएको अरोपमा पक्राउ परेका निलम्बित सांसद मो. अफताब अालमलाई जिल्ला अदालतबाट प्रहरीले म्याद थप गराएका छन्। १२ बर्ष अगाडिको बम काण्डमा गत अाईतबार पक्राउ परेका पुर्ब मन्त्री तथा निलम्बित साम्सद मो.आलम्लाई जिल्ला अदालत रौतहट का न्यायाधीश चित्र बहादुर गुरुङको इज्लासले जिल्ला प्रहरी कार्यालय रौतहटको कडा सुरक्षामा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको हो। गत आइतबार बिहानै प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा भन्ने राजपुर गाउँबाट पक्राउ गरेको थियो। निलम्बित सांसद अालम पक्राउ परे लगत्तै अालमको पार्टीको कार्यकर्ताले सदरमुकाम सहित गाउँ गाउँमा बिरोध गर्ने सुरु गरेको थियो। भने नेपाल प्रहरी र शस्त्र प्रहरी द्वरा ठाउँ ठाउँमा कडा सुरक्षा बढाएको थियो। पक्राउ परेका निलम्बित सांसद अालमको म्याद थपेको खबर सुन्न साथ नेपाली कांग्रेसका कार्याकर्ताहरुले जिल्ला अदालत वरिपरि नाराबाजी सुरु गरेको थियो।सांंसद अालम माथि पहिलो संविधानसभाको निर्वाचन बुथ क्याप्चर गर्ने उद्देश्यले मिति २०६४ फागुन २७ गते आफ्नै घरमा बम बनाउन लाग्दा बम विस्फोट भई बम बनाइरहेका १३ जनाको मृत्यु भएको र प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप लागेको हो । सोही सम्बन्धमा प्रहरी प्रधान कार्यालय काठमाडौंबाट प्रहरी खटि सांसद अालमलाई पक्राउ गरि सो काण्डमा अाज देखि अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जनाएको हो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed