विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीका एक बृद्धाद्धारा चौरासी पूजाको तुलादानको रकम बिद्यालयलाई हस्तान्तरण

सिम्रौन्गढ़ नपा psa


गुल्मीमा एक बृद्धाले चौरासी पूजाको तुलादानमा खर्चिने रकम बिद्यालयलाई हस्तान्तरण गरेका छन् ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजामा तुलादानको रकम बिद्यालयलाई अक्षयकोष स्थापना गर्न हस्तातरण गरेका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

चौरासी पूजाको अबसरमा आयोजीत कार्यक्रममा बृद्धा पन्थीले सोहि स्थानमा रहेको सरस्वती प्राबिलाई आफनी श्रीमती हिमकला पन्थीको नाममा रु २० हजार १ सय हस्तातरण गरेका हुन् । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर बुचा र बिद्यालयका प्रधानाध्यापक थम्मनबहादुर घिमिरे लाई पूजा कार्यक्रमै पन्थीले नगद हस्तातरण गरेका थिए ।

बिद्यालयमा पढ्ने अति बिपन्न एवं जेहेन्दा बिद्यार्थीलाई पढाउनको निम्ति खर्चिने गरि बिद्यालयलाई हस्तातरण गरेको पन्थीले बताए । अक्षयकोष रकम पछि थप्दै लगिने अक्षयकोष दाता परिवारका मेघराज पन्थीले बताए । क्षयकोष रकम बुझदै बिद्यालयका प्रधानाध्यापक घिमिरेले चौरासी पूजाको अबसरमा तुलादान बापतको रकम बिद्यालयलाई दिएर उदाहरणीय काम गरेको बताए ।

उनले बैंकमा उक्त रकम राखेर प्रत्येक वर्ष एक जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्राबृद्धि प्रदान गर्ने प्रधानाध्यापक घिमिरेको भनाई छ । उनले गरिव तथा जेहेन्दार बिद्यार्थीलार्इ पढाउनको निम्ति बिद्यालय प्रति देखाएको योगदानको प्रशंसा गरे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed