CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वर्षातले बन्द कालिगण्डकीको जल यातायात सुरु

फेटा GP PSA
590
सिम्रौन्गढ़ नपा psa


वर्षातको पानीले नदिको बहाव वढे सँगै असारबाट बन्द भएको कालीगण्डकीमा को स्टेमर सेवा पुन सञ्चालनमा आएको छ ।
गुल्मी,स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जलयातायात स्टेमर सेवा सञ्चालन हुँदै आएको छ । नदीमा पानीको बहाव घट्दै गएकाले स्टेमर सेवा पुनःसञ्चालन आएको हो । वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना जोखिमले असारदेखि ठप्प थियो । पानीको सतह घटेपछि मात्र स्टेमर सेवा सञ्चालनमा ल्याइएको हो । तीन जिल्लाको संगम स्थल गुल्मी , स्याङजा र पर्बतको मिर्मी आधिमुहानदेखी सेतीबेनी सम्मको ७ किलोमिटर जलयातायातबाट रमणीय यात्रा गर्न सकिन्छ । जलयातायात सेवा सुचारु भएपछि गुल्मी स्याङ्जा, पर्वतका बासिन्दा यातायातको सुविधाबाट लाभान्वित बनेका छन् । जलयातायतमा तिन जिल्ला बाहेक अन्य ठाउँबाट समेत यात्रा गर्न आन्तरीक पर्यटकहरु पुग्ने गर्दछन् ।

जलाशयमा मार्फत व्यवसायिक रुपमा स्टेमर सञ्चालन भएपछि तिन जिल्लाका सँगै बाग्लुङ्ग सिमानाका दर्जनौँ गाउँका स्थानियले यातायातको दरिलो माध्यम बनाएर सुविधा लिदै आएका थिए । जलयातायत मार्फत दैनिक एक दर्जन स्टेमरबाट आवत जावत गर्ने गर्दछन् । व्यवसायिक रुपमै कालिगण्डकी जलयातायात र शालिग्राम जलयातायत मार्फत स्टेमर सञ्चालनमा आएका छन् । पैदल हिड्दा धेरै समय लाग्ने स्टेमरमा करिव ४५ मिनेटमै यात्रा गर्न सकिन्छ । शिला शालीग्राम कालिगण्डकी जलयातायात प्राली द्धारा संचालित १० वटा स्टेम्बरहरु संचालनमा रहेको स्टेमर ब्यबसायी रत्न बहादुर कुँवरले बताए । अनुसार मिर्मी देखी सेतिबेनी सम्म ७ किलोमिटर जलयात्राको १सय रुपैयाँमा प्रतिब्याक्ति लग्ने थापाले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

शिला शालीग्राम कालिगण्डकी जलयातायात प्रालीद्धारा संचालित १० वटा स्टेमरहरु संचालनमा रहेको स्टेम्बर ब्यबसायी रत्न बहादुर कुँवरको भनाई छ । पहिले अन्य बिकल्पमा पनि यात्रा गर्ने माध्यम नहुँदा जलयातायात गर्नेको भिड लाग्ने गरेको स्थानिय निर्माण व्यवसायी रामजी ढकालले बताए । अहिले गुल्मी भेगका कालिगण्डकी करिडोरको बाटो भएर हिडने र पर्वत र स्याङजा तर्फबा यात्रु जलयाताबाट यात्रा गर्ने गर्नाले घटेको ढकालको भनाई छ । स्टेमर सेवा सुचारु भएपछि त्यसक्षेत्रका बासिन्दाले मालसामान ढुवानी समेत गर्दै आएका थिए । त्यस क्षेत्रमा २०५६ देखि स्टेमरसेवा सञ्चालनमा आएको स्थानिय अगुवानेता टिकाराम ढकालले बताए । उनका अनुसार हालको कालिगण्डकी करिडोर निर्माण नहुन्जेल त्यस भेगका मानिहरुको मुख्य यातायतको साधन बनेकाले उक्त सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न मुख्य यातायत बनेको थियो ।

बाटो खुले सँगै हाल भने स्टिमरको यात्रा पर्यटकिय महत्वको यात्रा बनेको छ उनले भने, ‘त्यस सेवाबाट आर्थिक जिविको पार्जन गर्नेहरुलाई निकै फाइदा मिलेको थियो ।’ सेतीवेनी धार्मिकतासँगै बिश्वकै ठुलो शालिग्राम र मिर्मिमा नेपालकै ठुलो जलबिद्युत केन्द्र भएकाले पर्यटकिय गन्तव्यको रुपमा उक्त क्षेत्र रहिरहेको ढकालको भनाइ छ । एक वर्षमा ३ महिना बाहेक अन्य ९ महिना स्टेमर चल्ने गर्दछ । एउटा स्टिमरमा झण्डै १ सय भन्दा वढी मानिहरु यात्रा गर्न सक्छन् । विश्वकै ठूलो शालिग्राम शीलासमेत सोही स्थानमा रहेकाले पर्यटकसमेत स्टिमर चढेर त्यहाँ पुग्ने गर्दछन् । तिन जिल्लाको संगम स्थल सेतीबेनीमा स्टेमरसँगै पर्यटकको केन्द्र बिन्दु बनाउन त्यस क्षेत्रका गाउँपालिकाहरुले नयाँ योजनाहरु बनाउने तयारीमा रहेको गरेको छ ।

स्टेमर यात्रा सँगै यसक्षेत्रको सालिग्रामलाई अन्तरी र बाह्य पर्यटकहरु भित्राउने गरि नितिगत योजनाहरु बनाएको कालिगण्डकी गाउँपालिका गुल्मीका कार्यकारी अधिकृत बावुराम पल्लीले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश