विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल पब्लिक क्यामपस संघको सदस्यमा गोलबजार क्यामपसका प्रमुख शाह निर्वाचित

सिम्रौन्गढ़ नपा psa


गणेश कुमार शर्मा
सिरहा । नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन् भने केन्द्रीय सदस्यमा किशोर शाह निर्वाचित भएका हुन ।
आइतबार सम्पन्न संघको ११औं महाधिवेशनबाट प्रतिस्पर्धी सत्रुघन प्रसाद गुप्तालाई पराजीत गर्दै सञ्जेल अध्यक्षमा निर्वाचित भएका हुन् भने क्यामपसका प्रमुख शाह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।
नव निर्वाचित अध्यक्ष सञ्जेल त्रिवि सिनेटर तथा ललितपुरस्थित जनभावना क्याम्पसका क्याम्पस प्रमुख हुन् भने नव निर्वाचित केन्द्रीय सदस्य किशोर शाह सिरहाको मध्यबिन्दु गोलबजार स्थित राम प्रताप राम प्रसाद तमाङ्ग बहुमुखि क्यामपसका प्रमुख हुन ।

Karaiya Mai Notice Winter

देशभरका ५ सय ३२ सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघको अधिवेशनबाट ४३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा डा। अम्बु भवानी कार्की, प्रदिप कुमार कटुवाल र रामभक्त सिग्देल निर्वा्चित भए । त्यसैगरी, महासचिवमा मुक्तिराम पाण्डे, उप महासचिवद्धयमा नारायणप्रसाद पौडेल र गोविन्दबहादुर कार्की तथा कोषध्यक्षमा सुरेन्द्र अधिकारी निर्वाचित भएका छन् ।
नव निर्वाचित अध्यक्ष सञ्जेलका अनुसार प्रदेश संयोजकहरूमा प्रदेश १ वाट सुदूरपश्चिम प्रदेशसम्ममा क्रमशः रमेशचन्द्र रोक्का, प्रभु राउत पटेल, सागरमणि तिवारी, महाप्रसाद हडखले, मित्रलाल न्यौपाने, वकिल बस्नेत र जगदीश भट्ट निर्वाचित भएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed