विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

काठमाडौंका बुढानिलकण्ड स्कूलका विद्यार्थीद्धारा वीरगंजमा बृक्षारोपण

सिम्रौन्गढ़ नपा psa

वीरगंज १५ कात्तिक ।

बुढानिलकण्ड स्कूल काठमाडौं नेपालका छात्रा तरनुम बेगमको आयोजनामा शुक्रवार वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा बृक्षारोपण गरिएको छ । खानेपानी सरसफाई उपभोक्ता समिति वीरगंज १७ को सह आयोजनामा उपभोक्ता समितिको प्राङ्गणमा टिक, सपेता, बेल, अशोका, मंगोलियम सखुवा, लहरे पिपल लगायत विभिन्न प्रजातिका एक सय विरुवाहरु रोपिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष ओमकृष्ण लामिछानेको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि खानेपानी डिभिजन कार्यालय बारा, पर्साका प्रमुख जक्की अहमद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गंगाधर महतो, राप्रपा पर्साका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय, नेपाली काँग्रेसका गाउँ कमिटि उपाध्यक्ष गन्नी मंसुरी, श्रीद्धारदेवी मावि अलौंका प्रअ राजु माली, स्थानिय किष्णदेव यादव, बुढानिलकण्ठ स्कूल काठमाडौं कक्षा ९ मा अध्ययनरत्त छात्रा तरनुम बेगम लगायत स्थानियबासीहरुले बृक्षारोपण गरेका थिए ।

सहभागीहरुलाई अफजल हुसैन अंसारीले स्वागत गरेको कार्यक्रमको संचालन बेगमका बुवा बसिर अहमदले गरेका थिए । बुढानिलकण्ठ स्कूल काठमाडौं कक्षा ९ मा अध्ययनरत्त छात्रा तरनुम बेगमको प्रोजेक्ट वर्क अन्र्तगत आज सो बृक्षारोपण गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed