CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अमेरिकामा आफ्नो संस्कृति तथा धर्म लाइ जोगाइदै

फेटा GP PSA
1,067
सिम्रौन्गढ़ नपा psa

अमेरिका ।

अमेरिकामा आफ्नो संस्कृति तथा धर्म लाइ जोगाउन आफ्नो नेपालमा हिन्दुधर्मावालाम्बीहरु द्वारा मनाइने महापर्व छठ पुजा निकै नै हर्सौल्लास तथा धुमधामका साथ मनाइएको छ । अमेरिकामा छ्ठुपुजाका दिन (०) डिग्रीमा तापक्रम रहेको थियो त्यसमा त्यहा दाउरा नभए तापनि हिटर बालेर पुजा गर्ने ठाउमा तापक्रम अनकुल गरि महा पर्व मनाइएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अमेरिकामा किर्त्रिम पोखरी बनाएर सूर्यलाई अर्घ दीएर छठ पर्व मनाइएको थियो । हुन्दु धर्मावलम्बिहरुले मनाउने महा पर्व अमेरिकामा मनाउदा अमेरिकन नागरिक हरुले पनि उक्त पर्वकोबारेमा बुझदा निकैनै आत्मसात गरका थिए । महापर्व छठ पूजा क्षेत्रीय वा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय पर्व भइसकेको छ ।

मध्यदेशीय समाज संसारको जुन ठाउँमा गए पनि अफ्नो धर्म, भाषा, कला र सँस्कृतिलाई संरक्षणा र संवर्द्धन गर्दै आएका छन र त्यस्तै नेपालको बारा जिल्ला पचरौता नगरपालिका वाडा न. ५ बेलादारी बासि सुभास बैठाले अमेरिकामा रहे तापनि आफ्नो कर्मस्थलमा आफ्नो धर्म संस्कृति लाइ आफ्नो सम्पदाको रुपमा संचित गर्दै महा पर्व छठ पूजा गरेका छन् । अमेरिकाको बिभिन्न ठाउहरुमा नेपाल तथा भारत बासीहरुले छठ पुजा निकैनै धुमधामका साथ् मनाएका छन् ।

Karaiya Mai Notice Winter

आफु जहारहे पनि आफ्नो मातृभूमि, पहिचान, एवं धर्म–संस्कृतिलाई नबिर्सी त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ, यी कुराहरु आफ्नो भावि पुस्तालाई पनि हस्तान्तरण गर्नु र सिकाउदै जानु पर्दछ भने उद्देश्यका साथ साथै एकअर्का संग भेटघाट गर्ने उदेश्यले पनि अमेरिकाको पेन्सलभानिया राज्यका वरिपरि रहेका मधेशीहरुले हरेक वर्ष झै यसपाली पनि मधेशीहरूको महान पर्व छठ धुमधामका साथ बिगत ६-७ वर्ष देखि मनाउदै आएका छन ।

अमेरिका स्थित मधेशी अगुवा एवम् समाजसेवी अरविन्द सिंह का अनुसार महापर्व छठको महिमा अपरम्पार छ, यसमा हाम्रो शक्ति अर्कै किसिमका हुन्छन । हामीहरू जो जहाँ रहे पनि बिर्सन चाहदैन र बिर्सिदैन पनि । हुनत् कार्तिक महिना नै पुरा पर्व त्वहारको महिना हो । त्यसमा पनि दशै बितिने बितिकै हामीहरूको मनमा एउटा अर्कै किसिमको उत्साह, उमंग र उर्जा आइहाल्छ त्यो हो महापर्व छठ पूजा ।

त्यसैले हामीहरूले आफ्नो संस्कृति, संस्कार जगेर्ना एवं आफ्नो भावी पुस्ता लाई सिकाउने उदेश्यका साथ यस्ता कार्यहरू गर्दै आइरहेका छौ र यसको निरन्तरता पनि दिने सिअई एन नेपाल (cin nepal) संग कुरा गर्दै आयोजक बैठाले बताए ।’ अब विस्तारै हामीहरूको संख्यामा वृद्धि हुदै जादा थप केही अरू ठाउहरूमा पनि मधेशीहरूले आ-आफ्नो सुविधा अनुसार मनाउने गरेका छन । यो अब अमेरिकामा बढदै गइरहेको बैठाले बताए ।

यो एउटा ख़ुशीको कुरा हो कि यसले हामीहरूको बिचमा एउटा मेलमिलापका साथै आपसी आफ्नोपन पनि बढाउदै गइरहेको छ । आयोजक बैठाका अनुसार ‘युवा साथीहरूको तथा बाच्चाहरुको उत्साह र बुजुर्गहरूको हौसल्लाले यस्ता कार्यहरू गर्न झन शक्ति प्रदान गर्दछ ।

यहाँका सबै साथीहरूको सहयोगले झन उत्प्रेरित गर्छ र यसको निरन्तरता आउने दिनमा पनि गरि रहने छौ त्यसैले हरेक वर्ष झै यो वर्ष पनि नवम्बर २ शनिवारका दिन साँझ (सझिया घाट ) र नवम्बर ३ आइतवार बिहान (भोरवा घाट ), 406 Windsor cir , exton pa 19341 मा हामी सबै साथीहरू मिली छठ पर्व मनाएका छौ , जसमा न्यूयार्क, न्यूजर्सी , अल्वानी र पेन्सलभानियाका आसपासका राज्यका साथीहरूको बाक्लो उपस्थिती रहेको आयोजक बैठाले बताए ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश