CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अालम प्रकरणको सत्य तथ्य समाचार लेख्न जि.प्र.का को बिज्ञप्ती, भ्रामक फैलाएमा कानुनी उपचार गर्ने।

अालम प्रकरणको सत्य तथ्य समाचार लेख्न जि.प्र.का को बिज्ञप्ती, भ्रामक फैलाएमा कानुनी उपचार गर्ने।

फेटा GP PSA
791
सिम्रौन्गढ़ नपा psa

अालम प्रकरणको सत्य तथ्य समाचार लेख्न जि.प्र.का को बिज्ञप्ती, भ्रामक फैलाएमा कानुनी उपचार गर्ने।

अमित ठाकुर।रौतहट।कार्तिक २४। क्षेत्र नंबर २ का निलम्बित सांसद अफताब अालमले पहिलो संविधानसभाको निर्वाचन बुथ क्याप्चर गर्ने उद्देश्यले मिति २०६४/११/२७ गते आफ्नै काकाको घरमा बम बनाउन लाग्दा बम विस्फोट भई बम बनाइरहेका दर्जनौं ब्यक्तिको मृत्यु तथा घाइते भएको थियो। सो बिस्फोटमा घाइते तथा मृत्यु भएका ब्यक्तिलाई तत्कालीन प्रहरी प्रमुखको सहायतामा पक्राउ परेका निलम्बित सांसद अालम र उनका अाफन्तहरु मिली प्रमाण लुकाउन सबैलाई ईँटा भठ्ठामा जलाएको अारोप लागेका छन्।घटनाको लगभग १२ बर्ष मा १५ प्रहरी प्रमुख रौतहट अाए तर पिडितको पिडा सुनेनन्। हालै रौतहटमा अाएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री सहितको टोली र काठमाडौंबाट खटिएका सिभिल प्रहरीको संयुक्त टोलीले गत २६ गते अालमलाई पक्राउ गरेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पक्राउ परेको अालम माथि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धानका लागि सम्मानित जिल्ला अदालत गौरमा ३ पटक म्याद थप गरायो। प्रहरीको अनुसन्धान सके बितिकै सरकारी वकिल मार्फत सम्मानित जिल्ला अदालतमा अालम सहित ११ जना माथि गत १८ गते तीन वटा मुद्दा दर्ता गरायो। मुद्दा दर्ता पछि पक्राउ परेका अालम संग सम्मानित जिल्ला अदालतका न्यायाधीश ५२ प्रशन सोधे।

ब्यान हुँदाहुँदै अालम प्रकरणमा न्या मोड लियो। तर अालम दोषी निर्दोष छुट्याउने अदालतको काम रहदा पनि रौतहटका केही पत्रकारले अालम निर्दोष हो साबित गर्न कसरत सुरु गरेका छन्। अालमको बारेमा केही पत्रकारले सत्य तथ्य नबुझी भ्रामक समाचार सम्प्रेषण गरी झुठो हल्ला फैलाएको प्रती जिल्ला प्रहरी कार्यालय रौतहटलाई ध्यानाकर्षण भएको हो। त्यस्ता पत्रकार समयमा सतर्क नभए कानुनी उपचार पनि गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले अाज बिज्ञप्ती जारी गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश