विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बन्ने भो पटेलको घर ,समाजसेवी यशोधा थापाको टिमको सहयोग।

बन्ने भो पटेलको घर ,समाजसेवी यशोधा थापाको टिमको सहयोग।

सिम्रौन्गढ़ नपा psa
बन्ने भो पटेलको घर ,समाजसेवी यशोधा थापाको टिमको सहयोग।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अमित ठाकुर।रौतहट।कार्तिक २५। रौतहट गौर नगरपालिका वडा न २ स्थित निकै गरिब दुखी महिला र पाँच बर्सिय नातिको  घर  निर्माणका लागि सहयोग जुटन थालेको छ ।श्रीमान ,एक्लो छोराको स्वर्गवास भएपछि बुहारीले आफ्नो सानो छोरा छाडी हिडेपछी ५ बर्सिय नाति सङ निकै कस्ट दायी जिवन जिउन बिबस स्थानीय रुपि पटेल र नाति सुरज पटेलको घर निर्माणका लागि सहयोग जुट्न थालेको हो।
रौतहटका पत्रकार सन्जय सहनी सहित स्थानीय बुधीजिबि बिकास झा सहितको टोलिले पटेललाई बस्न घर बनाइदिने अभियान थालेपछि सहयोगि हातहरुले सहयोग गर्न थालेका हुन ।पटेलकि दुख पिडास् सुने सङै हाल बेल्जियम बस्दै आएकी पोखरा ठेगाना भएकि निकै दयालु स्वभावकि धनी समाजसेवि नेपाली नारी यसोधा थापा सहितका एक टोलिद्वारा पटेलको घर निर्माणका लागि पत्रकार सन्जय सहनी मार्फत सहयोग गरेका छन।बिशेस गरि अभियानमा समाजसेवी तथा गीतकार समेत रहेकि यशु थापाले  हातेमालो गर्दै ५० हजार भन्दा माथिको रकम घर निर्माणमा जम्मा गर्नु हुँदै सहयोग गरेकी हुन ।
Karaiya Mai Notice Winter
रकम हस्तान्तरण गर्दै समाजसेवि थापाले  भनिन यस अभियानमा हौसला दिदै रकम हस्तान्तरण गर्न पाउँदा खुशी छु ।अन्य सहयोगि हातहरुलाई यस अभियानमा सहयोग गर्न अपिल गर्दछु  ।युश थापाको बिशेष पहलमा सहयोगीहरु कष्ण खड्का १५० युरो,यसोदा थापा ५० युरो,कर्ण लक्ष्मी अधिकारी  ५०युरो,
धुनु जिसी ५०युरो,जमुना गौतम ३५ युरो,लक्ष्मी केसी ३०युरो ,सीब डागी २० युरो ,बिष्णु थापा २० युरो,
मदन केसी २० युरो,बल राम पुन २० युरो,सहयोग गर्ने सबै सहयोगी प्रती उच्च संमान ब्यक्त गर्दै पीडितले  श्रीमान जुगेशवर पटेल बितेको ६ र ७ बर्स भइसकेको सुनाइन। ।गहभरी आँसु बोकि श्रीमान बेतेको दुख सहदै गर्दा एक्लो छोरा शम्भु पटेललाई पनि पापी पोर सालको बाढीले स्वर्ग बाँस बनाएको बताइन ।
श्रीमान र छोरा गुमाएकी रुपिको साहारा पटिदारका भाइहरु बाहेक कोहि थिएनन । पुरानो छाप्रो सहितको घर बाढीले बगाएको अवस्था थियो ।छोरा र श्रीमान गुमेपछी बुहारी र नाति सङगै जसो तसो  जिन्दगी काटीरहेकी थिइन ।कहिले कस्को त कहिले कस्को खेतमा काम गरेर अनि गाउघरबाट आएको सहयोगले छोरा र श्रीमानको पिडामा तडपेर जिन्दगी काटेरहेकी रुपिको बुहारीले लोभ लालचमा परेर कठोर निर्णय लिइन ।दुई बर्सिय नातीलाइ  नजिकैको चौकीमा छाडेर कहाँ गइन पतो भएन ।आमाले छोडेर गएको भन्दै  रुदै कराउँदै गरिरहेका नातीलाइ पाँच बर्स सम्म जसो तसो पालिन ।हाल रुपिको सारिरिक अवस्था कमजोर छ ।अब आफुले केही गर्न नसक्ने अवस्थामा पुगेको बताइन ।खासै काम गर्न सक्दीनन ।अरुले  नंया लुगा  ,मीठो ,मिठो,खाएको  देखेर नाति रुन्छ  म कस्तो अभागी  नातीको एक इक्छा पूरा गर्न सक्दिन ।आफू सङ नागरिता नभएकोले वृद्धभता पाउने आस नै मरेको छ ।त्यो भएपनि त केही हुन्थ्यो ।आफनो जिन्दगी त जसो तसो कट्यो भएको जमिनमा घर भइदिए नातीको लागि बस्ने छानो हुन्थ्यो रुपिले आफ्नो दुख पोखिन ।रुपिले आग्रह गरिन मेरो घर बनाउन सहयोग गर्नुस, मेरो नातीको भबिस्य बारे सोचिदिनु भगवान मान्छु भनिन ।सहयोगी मनहरुलाई  निर्धक्कका साथ आफुले सक्ने सहयोग गरिदिनुहुन अनुरोध साथ जानकारीको लागि  ९८५५०४०८७२मा सम्पर्क गर्न आग्रह गरिएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed