विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बमकाण्डमा अालमको अाफन्तले बन्धक बनाएपछि बयान फेर्न बाध्य, चमार ।

बमकाण्डमा अालमको अाफन्तले बन्धक बनाएपछि बयान फेर्न बाध्य, चमार ।

सिम्रौन्गढ़ नपा psa

बमकाण्डमा अालमको अाफन्तले बन्धक बनाएपछि बयान फेर्न बाध्य, चमार ।

अमित ठाकुर।रौतहट। कार्तिक २६।राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा घाईते मध्ये एक जनाले अालम बिरुद्ध बयान दिन बाध्य भएको थियो। पक्राउ परेका क्षेत्र नंबर २ का सांसद तथा नेपाली कांग्रेसका बरिस्ठ नेता मो.अफताब अालम सहित ११ जना माथि मुद्दा दायर भएपछि अालमका अाफन्तले मलाई ४ दिन सम्म बन्धक बनाई झुठो बोल्न लगाएको घाइते गौरी संकर राम चमारले बताएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुगेका थिए ।

बयान फेर्दै किन पुग्यो अदालतमा चमार।

आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो। सरकारी साझी बनेर गएका चमारले अाफ्नो बयान एकाएक फेरीए पछि प्रहरीले चमारलाई पक्राउ गरेको थियो। यस भन्दा पहिला अोशी अख्तरका पत्नीले १० कठ्ठा जमिनको लोभमा अाफ्नो बयान फेरिएको स्रोतबाट खुलिएको थियो। दोस्रो सरकारी गवाहले पनि बयान फेर्दा प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान हुँदाहुँदै चमारले भने मलाई अालमको अाफन्तले ४ दिन सम्म बन्धक बनाई म संग एउटा कागजमा जबर्जस्ती सही गराएको र सोही कागज अदालतमा पुर्याएको स्रोतबाट खुलेको हो। अालम बिरुद्ध यसरी बयान फेरीदा अालम बिरुद्धको मुद्दा एकदमै सम्वेदनशिल बनेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed