विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सञ्चारकर्मी तथा गीतकार बीरेन्द्रकुमार साहको दोस्रो एल्बम म्युजिक भिडियो छायांकन

बीरेन्द्रको गीतमा नायक माधब केसिको अभिनय

सिम्रौन्गढ़ नपा psa

बिराटनगर ,

सञ्चारकर्मी तथा गीतकार बीरेन्द्रकुमार साहको दोस्रो एल्बममा समावेश गरिएको गीत किन बस्यौ यी अँाखामा को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ। नेपाली चलचित्रका निर्देशक नवल नेपालले निर्देशन गरेको म्युजिक भिडियोमा नायक तथा मोडल माधब के सि,भुपाल सन्जेल, निकिता सड्ग्रौलाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मदन काश्यप घिमिरेले खिचेका हुन भने कृष्ण सुबेदिको श्रृङ्गार रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हिमालय टेलिभिजनमा प्रशारण भईरहेको the voice of nepal मा सबैतिर चर्चा बटुलिरहेका गायक तथा सँगीतकार बलबहादुर राजबँशिको स्वरमा रहेको मर्मस्पर्शी गीतलाई सञचारकर्मी तथा गीतकार बीरेन्द्रकुमार साहले लेखेका हुन। गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन।

म्युजिक भिडियोलाई प्रदेश एकको कोशी नदि,चतरा,दोमुखा लगायतको पर्यटकिय स्थानहरुमा छायांकन गरिएको र यसले प्रदेश एकमा रहेको पर्यटकिय क्षेत्रको समेत प्रचारप्रसार हुन निर्देशक नेपालले बताए। म्युजिक भिडियोमा तृकोनात्मक प्रेमकथालाई समावेश गरिएको छ ।म्युजिक भिडियो चाडै नै दर्शकहरुमाझ ल्याउने नेपालले बताए। यो म्युजिक भिडियोले दर्शक र स्रोताहरुको अपार माया पाउनेमा नायक तथा मोडल माधब के.सि. तथा गीतकार बीरेन्द्रकुमार साह निकै नै आशवादी छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed