विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मोरङ्गमा नेपाली कांग्रेस र समाजवादी पार्टी बिच चुनावी एकता

मोरङ्गमा नेपाली कांग्रेस र समाजवादी पार्टी बिच चुनावी एकता

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर
नेकपाका दुई तिहाई सरकारलाई प्रास्त गर्नका लागि बिपक्षी पार्टीहरु बिच चुनावी तालमेल,एकता सुरु भएको छ।
मंसिर १४ गते हुन लागेको उपचुनाबमा नेपाली कांग्रेस र समाजवादी पार्टीले धनपालथान २ मा चुनावी तालमेल गरि संयुक्त रूपमा चुनाव लडने तयारी गरेको छ।
दुई पार्टीको एकता पछि धनपालथान वडा न. २ को वडाध्यक्षमा कांग्रेसका नारायण प्रसाद साहलाई समाजवादीले समर्थन गर्दै उमेदवार बनाइएको हो।
बुधबार बिहान बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै चुनावी एकताको घोषणा गरेका छन।
समाजवादी पार्टीका मोरङ्ग अध्यक्ष राजकुमार यादवले नेपाली कांग्रेस र समाजवादी पार्टीको चुनावी एकता आजको आवश्यकता भएको महशुस गर्दै हामी चुनावी तालमेल गर्न लागेका छौं ।बिगतका चुनावमा तालमेल गरेर अगाडि नढेकै कारण आज नेकपा हाबि भएको बताउनु भयो।
कांग्रेसका मोरङ्ग सभापति डिगबहादुर लिम्बुले चुनावी एकताको लागि दुबै पार्टी बिच छलफल गरि निर्णयमा पुगेको बताउनु भयो।उहाँले दुई तिहाईको कम्युनिस्टलाई प्रास्त गर्न लोकतन्त्रवादिहरुको एकताको महसुस गर्दै एकता गरेका छौ यो एकता बिगतकै चुनावमा हुनुपर्थियो ढिलो भयो।यो एकताले चुनावी परिणाम आफुहरुकै पक्षमा आउने दाबी गर्नु भयो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेसले उठाउने मुद्दामा मधेसलाई सम्बोधन नगरी अगाडि बढन नसकिने भएकोले मधेस वादी दलसंग मिलेर जाने प्रयास केन्द्र बाट थालेको छ।बिगतमा समाजवादी पार्टीसंगको असमझदारीलाई सुधार र आत्मसात गर्दै अगाडी बढनु पर्नेमा जोड दिदै अहिलेको उमेदवारलाई सबैले समर्थन गरेर राम्रो कामको थालनि भएको छ।
एमाले बाट निर्वाचित वडाध्यक्ष बलिराम भगतको सर्पले टोकेर मृत्यु भएको थियो।अब उक्त पदको लागि नेकपा र कांग्रेस , समाजवादीको संयुक्त गठबन्धन बिच टक्कर हुने समाजवादी पार्टीका केन्द्र सदस्य भुराज राईले बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed