विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिराटनगरमा जिल्ला स्तरीय डोरीतान प्रतियोगिता हुने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर
बिराटनगर डोरीतान समितिको आयोजनामा अगामी कार्तिक ३० गते शनिबार जिल्ला स्तरीय डोरीतान प्रतियोगिता हुने भएको छ।
बिराटनगर स्थिति सहिद रंगशालामा हुन लागेको प्रतियोगितामा मोरङ्ग जिल्ला भरिबाट २६ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ। डोरीतान खेलको माध्यमबाट युवाहरूलाई खेलकुदमा सक्रिय बनाउनुको साथै अनुशासित र मर्यादित बनाउदै दक्ष समाज निर्माणमा सहभागी बनाउने उदेश्यले यो खेलको आयोजना गर्न लागेको बिहिवार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो। डोरीतान खेलको लोकप्रियतालाई कायम राख्न र बढाबा दिन यसको प्रबर्द्धन र बिकासलाई ध्यानमा राख्दै जिल्ला स्तरीय प्रतियोगिता गर्न लागेको डोरीतान समितिका अध्यक्ष दिपक प्रसाद घिमिरेले बताउनु भयो।बिराटनगर महानगरपालिका र समाजिक बिकास मन्त्रालयको सहयोगमा हुन लागेको उक्त खेलमा बिजेता टिमले पुरस्कार स्वरुप नगद रु.५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद रु.३१ हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। प्रतियोगिताको उद्घाटन प्रदेश न.१ का १६ जना सांसदहरुले डोरी तानेर गर्ने मोरङ जिल्ला डोरीतानकि अध्यक्ष रिता न्यौपानेले बताउनु भयो।
नेपालमा पनि डोरीतान खेलको प्रबर्द्धन गर्न राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त भइ टग वफ वार अन्तर्राष्ट्रिय महासंघबाट सम्बन्धन प्राप्त गरि नेपाल डोरीतान संघ गठन गरिएको छ। उक्त कमिटीले खेलको बिकास गर्न खेलाडीहरु प्रशिक्षण तथा उत्पादन गर्ने, प्रदेश स्तर र राष्ट्रिय अन्तर्राष्ट्रिय खेल्ने खेलाउने र प्रबर्द्धन गर्ने लक्ष्यका साथ बढीरहेको आयोजकले बताउनु भयो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed