विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अालमलाई कारागारमा राख्ने अदालतको अादेश।

अालमलाई कारागारमा राख्ने अदालतको अादेश।

सिम्रौन्गढ़ नपा psa

अालमलाई कारागारमा राख्ने अदालतको अादेश।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।कात्तिक २९। जिल्ला अदालत रौतहटले पूर्व मन्त्री आफताब आलमलाई पूर्पक्षको लाथि थुनामा राख्ने आदेश गरेको हो। गत अाशिन २६ गते पक्राउ परेको निलम्बित सांसद अालम बिरुद्ध जिल्ला अदालतमा ८ दिनको लामो बहस चलेपछि अाज बेलुकी मध्य संध्यामा अालमलाई दफा ६७ बमोजिम स्थानीय कारागारमै राख्ने जिल्ला अदालतले अादेश सुनाएका छन्।
रौतहटको फरदवामा बाह्र वर्ष अगाडि भएको घटनाको बम विष्फोट, कर्तव्यब्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको जिल्ला अदालत रौतहटले सुनाएका छन्।
जिल्ला अदालत, रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले मुलुकी फौज्दारी कार्यविधि संहिता, २०७४ को ६७ बमोजिम आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा कारागारमा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको हो ।
उक्त प्रकरणमा आलम गत् असोज २६ गते रौतहटबाटै पक्राउ पर्नुभएको थियो । घटनामा संलग्नमध्ये दश प्रतिवादी अझै फरार रहेका छन्। भने अलम पछि तिनीहरुलाई प्रहरीले खोजीमा लागि परेका छन्। अालम कारागार चलान हुने बितिकै जिल्लामा सुरक्षा ब्यवस्था कडा गरिएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed