विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सरकारप्रति विश्वस्त रहनुस् सुगौली सन्धिले निर्दिष्ट गरेको भूमि हामी रक्षा गरेरै छाड्छौं : परराष्ट्रमन्त्री ज्ञवाली

सिम्रौन्गढ़ नपा psa


कात्तिक ३०,
पाल्पा
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताको चित्त दुखाएर छिमेकीसँग मित्रता कायम
रहन नसक्ने बताएका छन्।

नेपाली जनताको भावनालाई बुझेर सरकारले छिमेकी मुलुसँगको मित्रतालाई अगाडि बढाउने उनले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको शनिबार तानसेनमा लोकार्पण गर्दै उनले
यस्तो बताएका हुन्। छिमेकी मित्रले बुझ्न जरुरी छु मन्त्री ज्ञवालीले भने, मित्रताको नाममा अधिकारलाई
छाड्न सकिँदैन।

मित्रता र अधिकार सँगसँगै अगाडि बढ्छ। नेपालको एक इन्च भूमि नछोड्ने उनले बताए। भारतले सार्वजनिक
गरेको राजनीतिक नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भएको उल्लेख गरेकोप्रति उनले भने,
यी भूभाग नेपालका हुन्। फिर्ता भएरै छाड्छ। यसको लागि कूटनीतिक पहल भइरहेको छ। ०१५ सालमा त्यही
ठाउँमा चुनाव भएको, त्यहाँका जनताले भोट हालेको, ०१८ सालमा गणना भएको, त्यहाँका मान्छेले नाम लेखाएको र
१९९७ सालमा बैतडी गौडामा आएर तिरो तिरेका रसिदहरु हामीसँग सुरक्षित छन्। सीमा दाबीका लागि हामीहरूलाई
योभन्दा ठूलो प्रमाण अरू नचाहिने मन्त्री ज्ञवालीको भनाइ छ। मिचिएको भूमि फिर्ता गराएरै छाड्छौँ यो सरकारप्रति
विश्वस्त रहनुस् उनले भने, कुनै अन्यथा हुन्छ कि, यो मुद्दा सरकारले बीचमै छोड्छकी, विस्तारै सेलाउँदै जान्छ कि
भनेर चिन्ता नगर्नुस्।

Karaiya Mai Notice Winter

सरकारको पहिलो काम भूमि र त्यहाँको रक्षा गर्ने हो। यी दुईवटा काम पूरा गर्न सरकार प्रतिवद्ध छ।
हिजो नेपाली जनता राष्ट्रियताको नाममा लडे पनि सरकारले दह्रो गरी कुरा राख्न र बोल्न नसक्ने गरेको
उनको उनको भनाइ थियो। तर, आजको सरकार जनताका भावना बोक्ने सरकार भएको उनको दाबी छ।

जनताको भावना र सरकारको सोंचको बीचमा कहीँकतै अन्तर नभएको पनि मन्त्री ज्ञवालीको भनाइ छ।
नाकाबन्दीका बेला अलग अलग भएका दलहरू अहिले एकस्वर भएर बोल्‍नु नै सबैभन्दा ठूलो ऊर्जा भएको उनको भनाइ छ।
यो सम्पूर्ण ऊर्जाले मिचिएको भूमि फिर्ता गराएरै छाड्ने उनको विश्वास छ।

मन्त्री ज्ञवालीले नेपाली सीमा सुगौली सन्धीले निर्धारण गरेको इतिहाससमेत दोहोर्‍याए। उनले भने, सुगौली सन्धिले भनेको
पूर्वमा मेची पश्चिममा महाकाली हाम्रो सीमा हो।

त्योभन्दा बढी हामीले केही खोजेका छैनौँ,उनले थपे, सुगौली सन्धिले निर्दिष्ट गरेको भूमि हामी रक्षा गरेरै छाड्छौं।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed