विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनप्रतिनिधिले आफू खुशी रकम दुरुपयोग गर्न नपाएको असन्तोष कर्मचारीमाथि

सिम्रौन्गढ़ नपा psa

रौतहट, फागुन ०९।।  रौतहटको कटहरिया नगरपालिकाका केही जनप्रतिनिधिले आफू खुशी रकम दुरुपयोग गर्न नपाएको असन्तोष कर्मचारीमाथि उतारेको आरोप कर्मचारीहरुले लगाएका छन् । जनप्रतिनिधिको स्वार्थअनुसार काम गर्न नमानेपछि नगर कार्यपालिकाबाट निर्णय गराएर त्यस्ता योजनाको विवरण माग गरिएको उनीहरुको गुनासो छ । नगरपालिकाले कर्मचारीको चरित्र हत्या गर्ने उद्देश्यले बद्यिनयतपूर्ण तरिकाले विभिन्न योजनासँग सम्बन्धित विवरण माग गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारीले सामुहिक प्रतिक्रिया बुझाएका छन् । नगरपालिकाका प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटालाई कर्मचारीले यही फागुन ३ गते सामूहिक प्रतिक्रिया पेश गरेका हुन् ।

नगर कार्यपालिकाले लेखा शाखालगायत सम्पूर्ण कर्मचारीको नाममा चिठी काटेपछि कर्मचारीहरु जनप्रतिनिधिको रवैयाको विरोधमा उत्रिएका हुन् । नगरपालिकाका जनप्रतिनिधिले यसअघि पनि पटकपटक योजनाको हिसाब माग गर्दैआएकोमा कर्मचारीले उपलब्ध गराएको उनीहरुले बताएका छन् । तर, कार्यपालिकाबाटै निर्णय गराएर सम्पूर्ण कर्मचारीकै नाममा चिठी काटेपछि कर्मचारी सामूहिक प्रतिरोधमा उत्रिएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मका सम्पन्न योजनाहरुको पुनः स्थलगत जाँचबुझको माग कर्मचारीले गरेका छन् । अन्य प्राविधि र सरोकारका निकायका प्रतिनिधिहरुको रोहवरमा सार्वजनिकरुपमा यस्तो जाँचबुझ गरी सत्यतथ्य बाहिर ल्याउन पनि उनीहरुको माग छ ।

Karaiya Mai Notice Winter

सार्वजनिक रुपमा हुने सुनुवाईमा सम्पूर्ण विवरण पेश गर्ने, तर बद्नियतपूर्ण तरिकाले माग भएपिच्छे विवरण उपलब्ध गराउन नसक्ने कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको पत्रमा उल्लेख छ । कार्यपालिकाले पत्र काटेपछि सम्पूर्ण कर्मचारीको बैठकले यस्तो निर्णय गरेको थियो । जनप्रतिनिधिले भनेअनुसार काम गर्न अस्वीकार गरेपछि कर्मचारीहरुलाई मानसिक दबाब दिन पत्र कटाउने काम भएको कर्मचारीहरुको भनाइ छ ।

उपभोक्ता समितिमार्फत भएका अधिकांश काममा उपभोक्ता समितिको मिलेमतोमा प्राविधिकको बिल भर्पाइअनुसार काम सन्तोषजनक भएको झुठो अनुगमन प्रतिवेदनको आधारमा भुक्तानी दिलाइएको आरोप ती कर्मचारीहरुको छ । यस्तो भुक्तानी दिन प्रमुख प्रशासकीय अधिकृतलाई दबाब दिने गरिएको बताइन्छ । विकास कामको अनुगमनको मुख्य अधिकार प्रमुख÷उपप्रमुख र सम्बन्धित वडाध्यक्षलाई छ ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत देवकोटाले कार्यपालिकाको निर्णयअनुसार पत्र काटेको बताए । आफू कटहरियामा भर्खरै आएकाले विस्तृत जानकारी पाइनसकेको पनि उनले बताए । कर्मचारीको सामूहिक प्रतिक्रियाका बारेमा अध्ययन गर्ने काम भनाइ देवकोटाको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed