विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालको कुम्भ मेलालाई भारतद्वारा अनुमोदन

नेपालको कुम्भ मेलालाई भारतद्वारा अनुमोदन

सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर
नेपालका प्रथम जगदगुरु श्री बालसन्त मोहन शरण देवाचार्य महाराजले सुन्सरी चतरामा लाग्ने महाकुम्भ मेलालाई भारतका साधुसन्तहरुले समर्थन गरेको बताउनु भएको छ।
बिहिवार बिराटनगरमा प्राचीन हरिद्वार चतराधाम सुन्सरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जगतगुरुले नेपाल र नेपालीको गौरवका रूपमा स्थापित भइ सकेको महाकुम्भ मेलालाई कम्जोर र असफल बनाउन षड्यन्त्र गर्दै भारतीय सन्त साधु समाजको अखडा परिषद र अखडा साधु समाजबाट समर्थन छैन भनेर भ्रम फैलाएको थियो। जुन भ्रमलाई हटाउन नेपालको निमन्त्रणा स्वीकार गर्दै भारतको अयोध्या , काशी , हरिद्वार, र वृन्दावनका समग्र साधु समाज उपस्थित भइ महाकुम्भको सम्मान र समर्थन गरेको थियो।
उहाँले चतरामा लाग्ने महाकुम्भ मेलाले भारतको हरिद्वार, नासिक , उज्जैन र प्रयागकै जस्तो सम्मान र गरिमा प्राप्त गरि सकेको बताउनु भयो।
उहाले राष्ट्र राष्ट्रियता धर्म संस्कार संस्कृतिको संरक्षणमा कटिबद्ध हुँदै मेचीदेखि महाकाली सम्म रहेका सप्तकौशिकी , गण्डकी , कर्णाली , सेती , भेरी, राप्ती , महाकली नदीहरुको शास्त्रीयरुपमा व्याख्या गर्नुका साथै नेपालमै १२ ज्योतिर्लिङ्ग समेत भएको तथ्य उजागर गरेको बताउनु भयो।
उक्त मेलालाई समर्थन पुर्वक सफल भएको उपल्क्षमा भारतको वृन्दावनमा भब्य स्वागत र नागरिक अभिनन्दन गरेको उहाँले बताउनु भयो।उक्त अभिनन्दनले नेपालीको इतिहास अमर भएको र महाकुम्भले पुर्णता प्राप्त गरेको बताउनु भयो।
उहाले जबसम्म मेरो पाइला चल्छ म नेपालको पहिचान र धार्मिक मूल्य मान्यतालाई उजागर गरिरहने बताउनु भयो। २०५९ मा सुन्सरीको चतराधाममा पहिलो कुम्भमेला सम्पन्न भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed