CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजपा नेपाल रौतहटको अधिवेशन बाट अध्यक्ष पदमा ३ जना चयन

फेटा GP PSA
746
सिम्रौन्गढ़ नपा psa

अखिलेश कुमार यादव, मंसिर ०५ रौतहट ।

रौतहट जिल्लाको सदरमुकाम गौरको ३ बेग्लाबेग्लै ठाँउमा भएको जिल्ला अधिवेशन बाट ३ जना अध्यक्ष पदमा चयन भएको छ। राजपा नेपाल रौतहट शाखाको चुनावको लागि बारम्बार सहमती गर्न खोज्दा पनि सहमती न भएको खण्डमा ३ बेग्लाबेग्लै ठाँउमा अधिवेशन भएको थियो। प्रदेश सभा सदस्य बाबुलाल साहको नेतृत्वमा सदरमुकाम गौरको श्री रामजानकी धर्मशालामा अधिवेशन भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सो अधिवेशन बाट रौतहट जिल्लाको राजपा जिल्ला अध्यक्षको लागि युवा नेता रामप्रवेश दासलाई चयन गरिएको छ। त्यस्तै गौर नगरपालिकाको मेयर अजय गुप्ताको नेतृत्वमा आजै बिहिवार गौर नगरपालिकाको सभाहलमा भएको अधिवेशन बाट राजपाको रौतहट जिल्ला अध्यक्षमा शेख जम्शैदलाई चयन गरिएको छ ।

Karaiya Mai Notice Winter

भने राजपा अध्यक्ष मन्डलको सदस्य एवं सान्सद अनिल झाको नेतृत्वमा गौर राइस मिलमा भएको अधिवेशन बाट लिला साहलाई अध्यक्षमा चयन गरिएको छ। राजपा रौतहटमा ३ अध्यक्ष चयन हुदा चारै तिर रौतहटमा राजपा पार्टीकै चर्चा भईरहेको देखिदै छ।

बारम्बार अधिवेशनको लागि समय तोकिएको र सहमति न जुत्दा समयमा अधिवेशन न भएको कारणले गर्दा राजपा नेपालको रौतहटले ३ वाट अध्यक्ष चयन गर्नमा बाध्य भएको थियो। एका तर्फ राजपा रौतहटको जिल्ला अध्यक्षको जिम्मेवारी समहाल्नु भएको नेता रामप्रवेश दासले आफू चार वटा अध्यक्ष मण्डलको सहमतिले अध्यक्ष भएको र आफु नै जिल्लाको अध्यक्ष हो भनेर दाबी समेत गरेका छन।

उक्त जिल्ला अधिवेशन बाट राजपा रौतहट शाखामा गुटबन्दी अहिले सम्म कायम नै रहेको देखिएको छ।जिल्ला अधिवेशन बाट विद्यार्थी संघको जिल्ला अध्यक्ष ओमप्रकाश भाई मधेसीयालाई सर्वसहमतिले अध्यक्ष पदमा चयन गरिएको छ। अगामी निर्वाचनको लागि राजपा पार्टी गुटबन्दीको कारणले गर्दा रौतहट हार बेहोर्नु पर्ने स्थिति समेत सिर्जना भएको देखिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश