CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सरकारको लागि मानव अधिकार पाठयक्रमको रूपमा रहेको छ- प्रदेश प्रमुख

सरकारको लागि मानव अधिकार पाठयक्रमको रूपमा रहेको छ - प्रदेश प्रमुख

फेटा GP PSA
801
सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर

प्रदेश न. १ का नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले मानव अधिकार सरकार र राज्यको लागि पाठयक्रमको रूपमा रहेको बताउनु भएको छ। मानव अधिकारका घटनालाई कार्यन्ब्यन गर्ने क्रममा कहि कतैबाट कमि कमजोरी भएको खण्डमा त्यसलाई दोहोर्‍याएर सच्याएर मुलुक बिभाजन हुनबाट बचाउदै अगाडी बढनु पर्ने बताउनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शुक्रबार बिराटनगरमा मानव अधिकार कर्मी संस्थाहरुको अगुवाइमा भएको नवनियुक्त प्रदेश प्रमुखको स्वागत सम्मान तथा बधाई एवं मानव अधिकार तथा मानवीय अवस्था बिषयक छलफल कार्यक्रममा बोल्दै उहाँले सरकारले कतिपय ठाउँमा मानव अधिकारको रक्षाको निम्ति चालिएको कदम नै मानव अधिकार बिरोधी हुँदै गएको बताउनु भएको छ।

Karaiya Mai Notice Winter

उहाँले समाजिक असमानता र विभेदपुर्ण समाजलाई निर्मुल पार्न मानव अधिकार र इन्सेक जस्तो संस्थाले गर्दै आएको प्रयास अतुलनीय रहेको बताउनु भयो। मानव अधिकार सामान्य शक्ति नभई शासन , शासक तथा राजतन्त्र र सामन्तयवादको अन्तय गर्ने ठूलो शक्तिको रूपमा रहेकोले सरकारले मानव अधिकारलाई पाठयक्रमको रुपमा लिएर अगाडी बढनु पर्ने आवस्यकता रहेको अधिकारीले बताउनु भयो।

प्रहरीले विप्लव कार्यकर्ता भएकै आरोपमा पृथक धारको नागरिकलाई धरपकड गरि गिरफ्तार गर्न थाले पछि राज्यको मानव अधिकार प्रतिको संवेदनशीलता माथि प्रश्न चिन्ह खडा भएको छ। इन्सेक प्रदेश १ कार्यालयले १४ जिल्लामा गरेको अभिलेख अनुसार सन २०१९ को जनवरी १ देखी नोभेम्बर १७ सम्मको अवधिमा राज्य तथा गैर राज्यको पक्षबाट जम्मा ५ सय ६३ वटा मानव अधिकार उलंघन तथा ज्यादतीका धटना भएको छ। यो ११ महिनाको अवधीमा १ सय ४० जना बालिका र ८२ जना महिला बलात्कार घटनाबाट पीडित भएका छन । उक्त ११ महिनाको अबधिमा गैर राज्य पक्षबाट मानव अधिकार उल्लंघन तथा ज्यादतीको तथ्यांकलाई बिशलेषण गर्ने हो भने महिला र बालिकाहरु बढी पिडित हुने गरेको पाइएको छ।

अगामी दिनमा मानव अधिकार संरक्षण , सम्वर्दन तथा प्रवर्द्धन गर्ने संस्था तथा निकायहरुले यसतर्फ गम्भीर भइ महिला तथा बालिकाका सवालमा सबै पक्षको साझा सवाल बनाई योजनागत रुपमा अगाडी बढन सके यश किसिमका घटना न्यूनीकरण भइ मानव गरिमाको रक्षा हुने देखिन्छ।

उक्त कार्यक्रममा विभिन्न संघ संस्थाबाट उपस्थित बरिस्ठ ब्याक्तीहरुले नवनियुक्त प्रदेश प्रमुखलाई स्वागत सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश