विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गरिमा बिकास बैंक लिमिटेड तम्घास साखाले बैंकको स्थापना दिवसको उपलक्ष्यमा व्यवसायीक उत्तरदायित्व अन्तरगत रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास वितिय साक्षरता कार्यक्रम गरेको छ।

सिम्रौन्गढ़ नपा psa


चिरञ्जीवी मरासिनी मङ्सिर ७, गुल्मी
गरिमा बिकास बैंक लिमिटेड तम्घास साखाले बैंकको स्थापना दिवसको उपलक्ष्यमा व्यवसायीक उत्तरदायित्व अन्तरगत रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास वितिय साक्षरता कार्यक्रम गरेको छ। उक्त कार्यक्रमको संचालन शाखाका कर्मचारी अनिल मरासिनीको संचालन र शाखाका कर्जा प्रमुख विस्नु केसिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम तम्घास शाखाका शाखा प्रबन्धक श्रि विष्णु गैरेले सहजिकरण गर्दै बैंकको इतिहास शाखा संजाल बैंकले प्रदान गर्न सेवा बैंकका विभिन्न निक्षेप योजना र कर्जा सम्बन्धि प्रोडक्ट र तिनीहरूको उपभोग गर्दा हुने फाइदा , कनेक्ट अाइपियस (IPS) क्युअरक‍ड मोबाइल बैङ्किङ , इन्टरनेट , बैङ्किङ बिप्रक्षण बिधुतिय चेक भुक्तानी (ECC) ब्यक्तिगत जिवनमा बचतक‍ो महत्व र यसको समग्र अर्थतन्त्रमा पार्ने प्रभाव बैङ्किङ बचत र बैङ्किङ च्यानलको प्रयोग बाट हुने फाइदा बचत गर्ने बानीको विकास गर्ने तरिका जस्ता बिषयमा प्रस्ट पार्नु भएको थियोे।
कार्यक्रममा क्याम्पस प्रमुख हरि बहादुर खत्रीले वितीय अनुसासन हरेक ब्यक्तिमा हुनुपर्ने अझ विद्यार्थीहरुमा त यसको अावश्यकता अझ बढी हुने वितिय अनुसासनको अभावमा विद्यार्थीहरुले बिलम्ब शुल्क तिर्नुपर्ने अार्थिक अभावको सामना गर्नुपर्ने जस्ता समस्या झेल्नुपर्ने भन्दै वितिय अनुसासनको बारेमा बताउनुभयो । कार्यक्रममा विद्यार्थी तथा प्रध्यापक गरि करिब ६५ जनाको उपस्थिति रहेको थियो । रास्ट्रिय स्तरको ख बर्गको इजाजत प्राप्त गरिमा विकास बैंकको केन्द्रीय कार्यलय काठमाडौंको लाजिम्पाटमा र देश भरिका २६ जिल्लाका ९० अोटा शाखा संजाल रहेको बैंकले मङ्सिर ७ गते शनिबार अाफ्नो १३अौं स्थापना दिवस विभिन्न कार्यक्रम गरि अाज मनाउँदै छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed