CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ग्यालेक्सी फिटनेस क्लबको दौड प्रतियोगिताको सम्पन्न (फोटो फिचर)

फेटा GP PSA
702
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,७ मंसिर
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको ग्यालेक्सी फिटनेस क्लबले शनिबार दौड प्रतियोगिताको आयोजना गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परवानीपुरदेखि हिमाल आयरन सम्म ४ किलोमिटरको दूरी पार गर्न आयोजना गरिएको दौड प्रतियोगितामा क्लबका २७ जना सदस्यहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा मनु कुमार यादव प्रथम, दिपक मण्डल दोश्रो र कुन्दन कुमार साहले तेश्रो स्थान हासिल गर्नु भएको छ ।

Karaiya Mai Notice Winter

प्रतियोगिताको समापन समारोहमा परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह, वडा नम्बर ३ का वडाअध्यक्ष अनिल राम, वडा नम्बर ४ का वडा अध्यक्ष गजेन्द्र पटेल, नेपाली कांग्रेसका विजय गुप्ता, परवानीपुर प्रहरी चौकीका इन्चार्ज त्रिभुवन साह, पब्लिक फिटनेस सेण्टरका संचालक करण यादव लगायतको उपस्थिति रहेको थियो ।

ग्यालेक्सी फिटनेस सेण्टरका संचालक सन्नी आलमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचारकर्मी तिवारी यादवले गर्नुभएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश