CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भिजिट मधेश नेपालद्वारा भिजिट मधेश दिल्लीका संयोजक सम्मानित, पर्यटन बर्ष २०२० लाई सफल बनाउन छलफल

फेटा GP PSA
896
सिम्रौन्गढ़ नपा psa

वीरगंज, ८ मंसिर
भिजिट मधेश नेपालले भिजिट मधेश अभियानमा सहयोग गरेको भन्दै नेपाल युथ मिशनका अध्यक्ष एवम् भिजिट मधेश दिल्लीका संयोजक मधुरेन्द्र जैसवाललाई सम्मान गरेको छ ।
भिजिट मधेश नेपालका कार्यालय प्रमुख दिपु बर्णवालले दोसल्ला ओढाएर जैसवाललाई सम्मान गर्नुभएको हो । नेपाल युथ मिशनले पर्यटन बर्ष २०२० लाई सफल पार्न खेलेको भुमिकाको मुल्यांकन गर्दै सम्मानित गरिएको सि आइ एन का समाचार सम्पादक समेत रहनुभएका बर्णवालले बताउनुभयो ।
सो अवसरमा भारतबाट नेपालमा आउने पर्यटकहरुका लागि मधेशमा रहेका बिभिन्न ऐतिहासिक तथा पुरातात्वीक स्थलहरुको भ्रमण गराउने सम्बन्धमा बिशेष छलफल समेत भएको छ । भिजिट मधेशको केन्द्रिय कार्यालयमा भएको छलफलमा भिजिट मधेश नेपाल का राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले धेरै भन्दा धेरै पर्यटक भित्र्याएर भिजिट मधेश अभियानलाई सफल पार्न आग्रह गर्नुभयो ।
साथै पर्यटकको लागि सवारी साधनको उचित व्यवस्थापन, खान तथा बस्नका लागि होटेको व्यवस्था गरी नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन बर्ष २०२० लाई सफल बनाउने बारे पनि छलफल भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश