विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनमोर्चाले सुरु गर्‍यो धनगढी कालापानी मोटरसाइकल र्‍याली

सिम्रौन्गढ़ नपा psa

धनगढी – हालै भारतले जारी गरेको राजनीतिक नक्सा सच्याइ तत्कालै कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाइनु पर्ने माग राख्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीबाट कालापानी मोटरसाइकल अभियान २०७६ सुरु गरेको छ ।

नेपाली भूमिको रक्षा गर्न सरकारलाई दबाब दिने उद्देश्यले सो अभियान सञ्चालन गरिएको राष्ट्रिय जनमोर्चाका प्रदेश सचिव लक्षिराम आचार्यले बताए । अभियानमा एक सय बढी मोटरसाइकल प्रयोग गरिने उनले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विज्ञापन

अभियान उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले सरकारको नेतृत्व गर्ने दलको मौनताका कारण नेपाली भूमिमाथि भारतले हस्तक्षेप गर्ने गरेको आरोप लगाए । ‘कालापानीमा भारतीय सेना बसेपछि ३५ सरकार परिवर्तन भएका छन्’ उनले भने–‘तर कुनै पनि सरकारले कालापानी हाम्रो भूमि हो भन्न सकेनन्, जसको फाइदा भारतले उठाउँदै आएको छ । शत्ता बचाउने आशमा सरकारमा रहेका राजनीतिक दलले भारतविरुद्ध बोल्न नसकेको उनको भनाई छ ।

Karaiya Mai Notice Winter

यद्धपि वर्तमान सरकारले थोरै भएपनि पहल चालेका बताउँदै उनले सो प्रयास प्रयाप्त नभएको बताए । ‘हामीले सरकारलाई दबाब दिन अभियान थालेका छौं’ उनले भने–‘यो अभियानमा सवै नेपालीले साथ दिनु आवश्यक छ ।’

जनमोर्चा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले अतिक्रमित नेपाली भूमि फिर्ताका लागि जनदबाब सिर्जना गर्ने तथा आफ्नो भूमि फिर्ता ल्याउन सरकारले तत्कालै कदम चालोस भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए ।

अभियान कार्यतालिका अनुसार बुधबारदेखि सुरु भएको अभियान अन्तरगत बुधबार नै अत्तरिया तथा बुडरमा र्‍याली र सभाको आयोजना गरिने छ । यसै गरी मंसिर १२ गते डडेलधुरा र बैतडीको पाटनमा पनि र्‍याली तथा सभा संचालन गरिने छ ।

यसै गरी १३ गते दार्चुलाको खलङ्गा, १४ गते दाचुर्लाकै गोकुलेश्वर, १५ गते बैतडीको गोठालापानी र डोटीको दिपायलमा र्‍याली र सभाको आयोजना गरिने छ । अभियानको समापन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसीले महेन्द्रनगरमा मंसिर १७ गते गर्ने कार्यक्रम रहेको जनमोर्चाका प्रदेश सचिव लक्षिराम आचार्यले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed