विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरुको छाता संगठन (RMN)गुल्मीको जिल्ला सम्मेलन मंसिर २१ गते रिडीको कबड हलमा हुने

सिम्रौन्गढ़ नपा psa


मंसिर १५ गुल्मी

Karaiya Mai Notice Winter

वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीको छाता संगठन (RMN) गुल्मीको जिल्ला सम्मेलनको लागि पत्रकार सम्मेलन तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
RMN का जिल्ला संयोकजक रवि पन्थको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी रुरु क्षेत्र गाउँपालिका वडा न १ का अध्यक्ष रामलाल बि.क, विशिष्ट अतिथी प्रदेश नं. ५ का महासचिव प्रकाश पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलन यहि मंसिर २१ गते शनिबार रिडीको कबड हलमा हुने संस्थाले जनाएको छ ।
साथै सम्मेलनका लागि १७ सदसीय समिती गठन गरिएको छ । जस्मा संयोजक उजिर खान, सचिव हुतराज गौतम, उपाध्यक्ष सिता पन्थ, कोषाध्यक्ष कृष्ण कुवार लगायत १७  सदसीय समिती गठन गरिएको थियो ।
संस्थाले गत साल साउनमा स्थापना भएसँगै २१ वटा जिल्लामा जिल्ला सम्मेलन गरिसकेको र करिब १० हजार व्यक्तिले सदस्यता लिई सकेका जनाएको छ ।
RMN प्रदेश ५ का महासचिव प्रकाश पौडेल ले RMN का उद्देश्य , हाल सम्मको  प्रगती विवरण र भावी योजनाको बारेमा प्रकाश पार्दै अन्र्तरक्रियामा उठेका प्रस्नहरुको उत्तर दिनु भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed