CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटका चर्चित पत्रकार पटेल अन्तराष्ट्रिय रुपमा सम्मानित

फेटा GP PSA
797
सिम्रौन्गढ़ नपा psa

वीरगंज १५ मंसिर। लगनसिलताले ठुलाठुला उपलब्धीहरु हासिल गर्न सफल हुन्छ । त्यस्तै उदहाणको रुपमा रौतहटको चर्चित पत्रकार अभिमन्यु पटेलले राष्ट्रिय स्तरकोबाट अन्तराष्ट्रिय स्तरमा समेत सम्मानीत भई सावित गरेका छन् । भारत बिहारको बेतिया जिल्ला पश्चिमी चम्पारणको सिकटा गाउँमा शनिवार भएको ४ देशको सहभागीतामा एक कार्यक्रमबाट पत्रकार पटेल सम्मनीत भएको हो । भारतको लौहा पुरूष सरदार बल्लभ भाई पटेलका १४४ औँ जन्मजयन्तीको शुभ अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बिहार सरकारको ग्रामीण विकास मन्त्री श्रवण कुमार पटेलको हातबाट पत्रकार पटेल सहितका समाजिक अभियानीहरु सम्मानीत भएका छन् सम्मानीत भएका पत्रकार पटेल रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष, प्राईम टाइम्स टेलिभिजन रौतहट सम्वादता, मधेश प्रदेश अनलाईन प्रकाशक तथा समाजिक अभियानको रुपमा कार्यरत रहेका छन् । साथै कार्यक्रममा अमेरिका, थाइल्यान्ड, भारत र नेपाल गरि ४ देशको बिशिस्ट व्यक्ति, जदयू मोतिहारी जिल्ला अध्यक्ष भुवन पटेल लगायत सयौं नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश