CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ठगी, किर्ते र करणी गरी फरार रहेका व्यक्ति हरु पक्राउ

फेटा GP PSA
668
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

ठगी, किर्ते र करणी गरी फरार रहेका व्यक्ति हरु पक्राउ परेका छन। जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.८ बस्ने मुकेश साह तेलीले IMO समाजिक संजालको प्रयोग गरी रु.२५,००,०००।-लौट्री, चिठा परेको छ सरकारी राजश्व वापत अग्रिम केही रकम जम्मा गर्नू पर्छ भनि ललाई फकाई प्रलोभनमा पारी झुक्‍काई ठगी गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्ला बारा जितपुरसिमरा उप महानगरपालिका वडा नं.१५ डुमरवाना बस्ने लक्ष्मी देवी चौधरीसँग पटक पटक IME मार्फत रकम रु.५,००,०००।- लिई ठगी गरेको हुँदा निज मुकेश साह तेलीलाई इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएका प्रहरी टोलीले मिति २०७६।०८।१९ गते पक्राउ गरी निज उपर ठगी मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप भै अनुसन्धान तथा कारवाही भईरहेको जिप्रका बाराले जनाएको छ।

त्यस्तै सरकारी कागज किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन। बारा जिल्ला अदालतको मिति २०७२।०५।०९ गतेको फैसला आदेशले सरकारी कागज किर्ते मुद्दामा ११ महिना ४ दिन कैद र रु.५०।-जरिवाना ठहर भई फरार रहेका जिल्ला बारा निजगढ न.पा.वडा नं.४ बस्ने धर्मराज तामाङ्गको छोरा वर्ष २९ को सुरज लामालाई मिति २०७६।०८।१९ गते इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले कैद भक्तानीको लागि कारागार बिरगंज पर्सामा पठाईएको जनाइएको छ ।

यता जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन। मिति २०७६।०६।२३ गते राती अं.२३;००बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१९ बस्ने बस्ने बर्ष २१ को आर्यन भन्ने संदिप शर्माले बर्ष १९ की परिवर्तित नाम २०७६/०७७-३३ सिमरा (I) लाई पिडितकै घरमा जवरजस्ती करणी गरी भागी फरार रहेको जवरजस्ती करणी मुद्धाका निज प्रतिवादी आर्यन भन्ने संदिप शर्मालाई इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलिले मिति २०७६।०८।१९ गते अ.१९:०० बजेको समयमा पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप भैइ अनुसन्धान तथा कारवाही भईरहेको जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश