विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बालविवाह, बहुविवाह, दाईजो प्रथा विरुद्ध धार्मिक गुरु, पण्डित, मोल्वी, लामा लगायतलाई प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

आज बालविवाह, बहुविवाह, दाईजो प्रथा विरुद्ध धार्मिक गुरु, पण्डित, मोल्वी, लामा लगायतलाई प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ। जिल्ला बारा कलैया उ.म.न.पा वडा नं.१ स्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यालय प्रमुख प्र.उ.बिकासराज खनालको अध्यक्षता तथा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल एवं विशिष्ट अतिथि जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता महेन्द्र बहादुर थापा, सशस्‍त्र प्रहरी बल नेपाल गण हे.क.१२ बाराका प्रमुख स.प्र.उ.प्रकाश थापा, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख प्र.उ.बिमल घिमिरे, नागरिक समाजका अध्यक्ष उमेशलाल दास, महिला सञ्जाल बाराका अध्यक्ष वविता जैसवाल, संघ संस्थाका प्रतिनिधि, सामुदायिक सेवा केन्द्रका प्रतिनिधी, संचारकर्मी समेतको उल्लेखनीय उपस्थिति रहेकोे थियो।

उपस्थित सहभागितामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानमा बारा जिल्लाका विभिन्न स्थानहरुबाट आउनु भएका अं.१५० जना धार्मिक कार्यमा सघाउने गुरु, पण्डित, पुजारी, मोल्बी, लामा समेतलाई “लैंगिक हिंसा, बोक्सी प्रथा, जातीय छुवाछुत विरुद्ध” सचेतना कार्यक्रम तथा कानुनी प्रावधान लगायत विविध विषयमा प्रशिक्षण दिई अन्तर्क्रिया कार्यक्रम समापन गरिएको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed