विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

बिराटनगरको गुद्री बजारलाई महानगरपालिकाबाट गाउँ पालिका सार्न लागेको भन्दै व्यापारीहरुद्वारा विरोध प्रदर्शन

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, २५ मंसिर

karaiya holi 2082

बिराटनगरको बिच बजारमा रहेको ऐतिहासिक गुद्री बजारलाई महानगरबाट विस्थापित गरि कटहरी गाउँ पालिकाको सिंघिया पारी निर्माण भएको कृषि बजारमा सार्न लागेको भन्दै व्यापारीहरुले विरोध प्रदर्शन गरेको छ।
बिराटनगर -९ स्थित ई प्लटमा ३१ वर्ष देखि थोक तथा खुद्रा व्यापारीहरुले तरकारी, फलफूल र माछा मासु बिक्रीवितरण गर्दै आएको छ। बिराटनगर महानगरपालिकाले मंसिर ५ गते गुद्री बजार खाली गर्न गराउन ३५ दिने अल्टिमेटम सहित सुचना जारी गरेको विरुद्ध व्यापारीहरु उत्रिएको हो।
बुधबार बिराटनगरको ई प्लटबाट महानगरको विरुद्धमा व्यापारीहरुले निकालिएको र्‍यालीले बजार परिक्रमा गर्दै बिरोध जनाएको हो। नगरपालिकाबाट कटहरी गाउँपालिका १ मा निर्माण भएको तरकारी तथा फलफूल थोक बजारमा गुद्री बजार सार्ने तयारी गरेर सुचना सार्वजनिक गरेको छ तर व्यापारीहरु भने महानगर छाडेर गाउँपालिकामा नजाने अडान सहित विभिन्न ६ बुँदे माग सहितको ज्ञापनपत्र बुझाउदै आन्दोलनमा उत्रिएको छ। सिंघिया पारी व्यापारीलाई पायक नपर्ने भएकोले महानगर भित्रै पायक पर्ने स्थानमा जग्गा उपलव्ध गराई व्यापारका लागि भवन बनाएर व्यापारीहरु लाई समेत समेत सहभागि गराउनु पर्ने लगातको माग ब्यापारीहरुले गरेका छन।
स्थानीय जनप्रीय मा. वि. कटहरीको ४ बिगाह २ कठ्ठा २ घुर र १८ कठ्ठा ऐलानी गरि जम्मा ५ बिगाह २ घुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १९ रुपैयाँ लागतमा उक्त कृषि बजार निर्माण भएको हो। फलफूल ,तरकारी तथा माछा मासु थोक तथा खुद्रा ब्यबस्थापन संघर्ष समितीका अध्यक्ष पशुपति भगतले हामीले कटहरीमा बजार निर्माण गर्न लागे देखि नै बिरोध गर्दै आएका थियौ। महानगर भित्रको बजार गाउँपालिकामा सार्न हुदैन भन्दा भन्दै पनि आर्थिक र भुमाफियाको कमिशन को चलखेलमा गाउँपालिकामा बजार निर्माण गरेको आरोप भगतले लगाउनु भएको छ। त्यहा बजार सार्दा व्यापारीलाई समान ओसारपसार गर्न भाडा बढी लाग्ने भएकोले यसको असर ग्राहकलाई पनि पर्ने हुदा ग्राहकलाई पर महिना २५ सय देखि ३ हजार सम्म बढी खर्च हुने बताउनु भयो। साथै ५० रुपैयाँको तरकारी किन्न जादा १०० रुपैयाँ सिटि भाडा नै तिर्नु पर्ने जस्तो समस्या आउन नदिन र यहाँ बिच बजारमा सबै लाई सजिलो भएको धारणा उहाको रहेको थियो । उहाँले उक्त बजारमा तरकारी बोकको ट्रक समेत लैजाने बाटो नभएको बताउनु भयो। भगतले महानगरले बल प्रयोग गरेर गुद्री बजार खालि गर्न लगाए हामी निजि जग्गा खोजेर बजार संचालन गर्छौ र यसबाट ग्राहकलाई पर्न गएको महंगाई र असुबिधाको जिम्मेवारि महानगरले लिनुपर्ने चेतावनी दिनु भयो। भगतले महानगर भित्रै बैकल्पिक बजार ब्यबस्थापन गर्नु पर्नेमा जोड दिनु भयो।
गुद्री बजार व्यवस्थापन समिति सहसंयोजक मालबाबु सहनीले गाउँको व्यापारीहरुले तरकारी बेच्न महानगर आउँछ हामी महानगरबाट गाउँपालिका जाने कुरा मान्य हुदैन। वर्षै देखि संचालनमा रहेको गुद्री बजारमा ग्राहकले बिहानै देखि साँझसम्म आफनो सुबिधा अनुकुल जतिबेला पनि तरकारी लाने गरेको बताउनु भयो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed