विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिराटनगरमा तेस्रो बिराट फुटवयर एक्सपो २०७६ हुने,स्वदेशी उत्पादनलाई ग्राहयता

बिराटनगरमा तेस्रो बिराट फुटवयर एक्सपो २०७६ हुने,स्वदेशी उत्पादनलाई ग्राहयता

सिम्रौन्गढ़ नपा psa

उषा सरदार
तेस्रो बिराट फुटवयर एक्सपो २०७६ अगामी पुस १ गते देखि बिराटनगरको जैन भवनमा हुने भएको छ। नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा विराटनगरमा यस्तो मेलाको आयोजना हुन लागेको हो।‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागेको मेलामा नेपालमा नाम चलेका चर्चित ६ ब्राण्डका जुत्ता चप्पलहरु मेलाका आकर्षण हुने नेपाली जुत्ताघरका अध्यक्ष तथा मेला संयोजक होमनाथ उपाध्यायले जानकारी गराउनु भयो। आईतबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मेला बारे जानकारी गराउदै उक्त मेलाको १ लाख ५० हजार जतिले अवलोकन गरिने अपेक्षा गरेको छ भने उक्त मेलामा १ करोड ५० लाखको कारोबार हुने लक्ष्य राखिएको उपाध्ययले बताउनु भयो।
उहाँले एक्सपोमा शिखर सुज, बिएफ. डियरहिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईप सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता चप्पल राखिने जानकारी दिनु भयो ।सो मेलामा एकसयदेखि १० हजार मुल्य सम्मका जुत्ता चप्पल उपलब्ध हुने छ । साथै तीन हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाई अनुसार खरिद गर्न सकिने आयोजकले बताउनु भयो ।बिराटनगरमा हुन लागेको तेस्रो पटकको जुत्ता चप्पल मेलाको अबलोकन गर्न प्रदेश एक लगायत भारतबाट समेत उपभोक्ता आउने अपेक्षा गरेको आयोजकहरुले गरेको छ। मेलामा जुत्ता चप्पल खरिद गर्न आउनेहरुलाई १५ देखि ६० प्रतिशतसम्म छुटको व्यावस्था गरिएको उपाध्यायले बताउनु भयो ।उक्त बिराट एक्सपोको उद्घाटन प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसयैतले गर्ने भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed