विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मैथिली भाषा र संस्कृतिलाई संरक्षण र प्रबर्द्धन हेतु बिराटनगरमा १७ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

मैथिली भाषा र संस्कृतिलाई संरक्षण र प्रबर्द्धन हेतु बिराटनगरमा १७ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार ,विराटनगर
मैथिली भाषा र संस्कृतिलाई संरक्षण गर्नुको साथै यसको प्रबर्द्धन र बिकास गर्न बिराटनगरमा १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेदलन हुने भएको छ । मैथिली एसोसिएशन नेपालले आइतबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि अगामी पुस ६ र ७ गते बिराटनगरको हाटखोला मैदानमा हुन लागेको दुई दिने अन्तराष्ट्रिय सम्मलेन बारे बताएको हो ।
मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रबिन नारायन चौधरीले मैथिली युवा पुस्ताहरुलाई प्राचिन मैथिली सँस्कृति प्रति अभिरुचि बढाउनुको साथै मैथिली भाषा, सँस्कृति, रहन सहन,पहिरन लगायतका बिषयहरुमा बिचार विमर्श हुने बताउनु भयो।सम्मेलनमा नेपाल र भारत दुबै देशका मैथिली अभियन्ता संघ संस्थाका करिब तीन सय जना प्रतिनिधिहरुको सहभागी हुने चौधरीले बताउनु भयो।
सम्मेलनको पहिलो दिन झाँकी , प्रदर्शन गर्नुको साथै मैथिली , भोजपुरी, थारु , राजवंशी, हिन्दी , मारवाडी र नेपाली भाषाका कविद्धारा बहुभाषिक कवि सम्मेलन संगै मैथिली हाँस्य कविता, गीत–गजल र परम्परागत नारदी कीर्तनको आयोजना हुनेछ भने अर्को ‘नेपालको संविधान आ छटपटाइत मातृभाषा विषय मा विमर्श हुने जानकारी गराउनु भयो । सम्मेलनका द्रष्टा र प्रत्येक क्षेत्रमा ख्याती कमाएका मैथिल भाषीहरुलाई कर्पोरेट आईकन समेत प्रदान गरिने जानकारी गराउनु भयो। सम्मेलनमा मंचको दुबै तर्फ मैथिली सँस्कृति झल्किने बिभिन्न प्रकारका स्टलहरु समेत राखिने छ ।
सो सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने छन। उक्त सम्मेलन उद्घाटनमा विभिन्न पार्टीका बरिष्ट नेताहरुको सहभागिता हुने आयोजकले बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed