विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

फोटो पत्रकारहरुको पहिलो र ऐतिहासिक केन्द्रीय महाधिवेशन बिराटनगरमा हुने

फोटो पत्रकारहरुको पहिलो र ऐतिहासिक केन्द्रीय महाधिवेशन बिराटनगरमा हुने

सिम्रौन्गढ़ नपा psa

उषा सरदार ,बिराटनगर
नेपाल फोटो पत्रकार महासंघको पहिलो र ऐतिहासिक केन्द्रीय महाधिवेशन बिराटनगरस्थित अतिथी सदनमा हुने भएको छ। फोटो पत्रकारहरुको छाता संगठनको रुपमा रहेको महासंघले मंगलबार बिराटनगरमा पत्रकार सम्मेलन गरि पुस ३ गते पहिलो महाधिवेशन बिराटनगरमा गर्न लागेको र यसको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराएको छ। गत जेठ महिनामा लुम्बिनीमा समपन्न भएको राष्ट्रिय भेलाले पहिलो महाधिवेशन प्रदेश १ का ऐतिहासिक नगरी बिराटनगरमा समपन्न गर्ने निर्णय अनुसार उक्त महाधिवेशन गर्न लागेको हो। हरेक ऐतिहासिक घटनाक्रमको साक्षी बिराटनगर भएकोले देशभरिका फोटो पत्रकार र पर्यवेक्षक पत्रकारहरुलाई बिराटनगरको राजनीतिक ,औद्योगिक ,शैक्षिक ,पर्यटकीय ,र ऐतिहासिक बिशेषतासंग साक्षत्कार गराउने यो ठुलो अवसर समेत रहेको आयोजक समितिले बताएको छ। उक्त महाधिवेशनमा सहभागी हुन सातै प्रदेशबाट दुई सय प्रतिनिधि र पर्यवेक्षक आउने आयोजक समिती संयोजक वेदराज पौडेलले बताउनु भयो।उहाँले महाधिवेशनबाट १७ सदस्य समिति चयन गरिने जानकारी गराउनु भयो।पौडेलले यो ऐतिहासिक महाधिवेशनमा प्रदेश १ का पत्रकारद्धय मोहन भण्डारी र हर्ष सुब्बालाई जनही २१ हजार १ सय नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको छ। उहाँले यो सम्मान अग्रजप्रतीको आदर र नयाँ साथीहरू प्रतिको स्नेहलाई निरन्तरता दिन प्रदान गर्न लागिएको बताउनु भयो। पुस ३ गते बिहान ८ बजे महाधिवेशनको उद्घाटन मुख्यमन्त्री शेरधन राईले गर्ने भएको छ।त्यसै गरि ४ गते प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई अतिथी सदनबाट भेडियारिमा रहेको बिराटराजाको दरबारको अबलोकन गराउने,सुनसरी बर्जु गाउँपालिकामा रहेको ऐतिहासिक महाभारतकालिन बर्जु तालको निरिक्षण तथा चराहरुको अबलोकन ,कोशीटप्पु आरक्षको अबलोकन ,प्रशिद्ध तिर्थस्थल चतरा कुम्भ स्नान स्थल र बराह मन्दिरको दर्शन गर्ने लगायतका कार्यक्रमहरु रहेका छन। उक्त महाधिवेशनमा करीब १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed