विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार महासंघ रौतहटका अध्यक्ष रबिन्द्र साह माथि अपरिचित ब्यक्तिले गरे आक्रमण

सिम्रौन्गढ़ नपा psa
अमित ठाकुर।रौतहट।।  रौतहट जिल्लाको सदरमुकाम गौरमा पत्रकार महासंघ रौतहटका अध्यक्ष रबिन्द्र साह माथि अपरिचित ब्यक्तिले आक्रमण गरि गम्भीर घाईते बनाएका छन। अाज बेलुकी कबिर चौकको पान पसलमा पान खाई रहदा अध्यक्ष साह माथि आक्रमण भएको अध्यक्ष साहले जनाएको छ। अध्यक्ष साह अहिले गौर अस्पतालमा उपचारत रहेको जानकारी भएको छ। पत्रकार माथी नै आक्रमण हुदाँ प्रहरी संगठन माथि ठुलो प्रशन उठेको अध्यक्ष साहले जनाएको छ। सो पान पसलमा अध्यक्ष साह उभि रहदा अपरिचित ३-४ जना ब्यक्तिले लाठी फट्टा लिई एकाएक आक्रमण गरेको अध्यक्ष साहले जनाएको छ। अध्यक्ष साहको हाथ भाँचिएको र चोटपटक लागेको गौर अस्पतालले जनाएको छ। एक पत्रकार माथि यस्तो आक्रमण हुदाँ पुरै पत्रकार माथिनै आक्रमण भएको अध्यक्ष साहले जनाएको छ। आक्रमण गर्ने ब्यक्तिलाई तुरुन्तै पक्राउ गरि कडा कार्वाही गर्नका लागि संचारकर्मी जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुरोध गरेका छन।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed