CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

केही बर्ष यता सडक दुर्घटनामा अर्घाखाँचीमा १५० जनाको मुत्यु

फेटा GP PSA
571
सिम्रौन्गढ़ नपा psa


पहाडी जिल्लाहरुमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ ।जसमध्ये अर्घाखाँचीमा मात्रै पछिल्ला केही वर्षको अवधिमा सयभन्दा बढी जनाले ज्यान गुमाइसकेका छन् ।प्रहरीको तथ्यांकअनुसार प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा सडक दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ ।

जसमा विगत ८ वर्षको अवधिमा भएका १ सय ४२ सवारी दुर्घटनामा १ सय ५० जनाको मुत्यु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्यस्तै दुर्घटनामा २ सय ६३ गम्भीर र ३ सय ५ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय गत मंसिर ११ गते नरपानीमा भएको दुर्घटनाको पीडा अझै मत्थर हुन सकेको छैन ।

जसमा १९ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । सडक दुर्घटनालाई सामान्य ठान्ने प्रवृत्ति रहे पनि यसमा भने छानबिन समिति गठन गरिएको थियो ।

Karaiya Mai Notice Winter

समितिले चालकको लापरबाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा बताउँछन् ।

सन्धिखर्क– गोरुसिंगे सडकखण्डअन्तर्गत नरपानीको करिब १२ किमी क्षेत्रमा वर्सेनी ठूलाठूला दुर्घटना हुने गरेका छन् ।

सो क्षेत्रमा छोटाछोटा घुम्ती भएको साथै चालकको लापरबाहीका कारण पनि दुर्घटना हुने गरेको स्थानीय दिनेश सुनारको भनाइ छ । नरपानी क्षेत्रमा शिवपुर सडक डिभिजन कार्यालयले घुम्ती काट्न सुरु गरेको छ ।

एउटै क्षेत्रमा पटकपटक दुर्घटना हुने गरेको भए पनि सडक सुधार नगरी चालककै लापरबाहीलाई मात्रै दुर्घटनाको कारण देखाइएको छ ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश