विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवाहरुकाे सराहनिय कार्य, रातीकाे समयमा असाहयहरुलाई कम्बल सहयाेग गर्दै

सिम्रौन्गढ़ नपा psa

वीरगंज । युवाहरुको एक समुहले हाल वीरगंजमा सराहनिय कार्य गरिरहेका छन् ।

बढ्दो चिसो र शितलहरमा रातीको समयमा नसुतिकन असाहयहरुलाई न्यानो कपडा विरण गरिरहदा उनीहरुको सराहना समेत हुन थालेको छ ।गए राती चिसोबाट जोगिन पराल भित्र लुकी रात बिताउन बाध्य रहेका हर्दिहरदासपुर निवासी जनक ठाकुर र भवराटार निवासी बासुदेव महतोलाई कम्बल सहयोग गरेका छन् । मध्य रातीमा असाहय अवस्थामा भेटिए पछि दुबै जनालाई कम्बल सहयोग गरिएको वीरगंजका युवा निघिल बर्णवालले वताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनले भने “चिसो मौसमा अति आवश्यक व्यक्तिहरुलाई कम्बल वितरण गर्ने सोच साथ मध्य राती ११स्०० बजे देखी बिरगंजको भन्सार देखी गण्डक चौक, ड्राईपोर्ट, भगवती टोल, राधेमाई, श्रीपुर, रमगढवा हुंदै रानिघाट स्थित मठिया पुग्दा करीब १२:४० बजे मन छुने अत्यन्त दुःखित तुल्याउने र अति कष्टकर तरिकाले आफुलाई जाड़ोंबाट जोगाउन निमित दुई जना व्यक्तिहरु पराल भित्र लुकी छिपी सुतेका थिए, हामी संग भएको कम्बल तत्काल राहतका लागी हामीले सहयोग गर्याे तर कतै न कतै अझ पनि सहयोग र साथको खाँचों महसूस भयो ।दिन्हु कयौ मानिस यसरी नै खुला आकाश मुनी यस्तो चिसोमा सुतन बाध्य छन, यसको बारेमा र यस बिषयमा स्थानीय प्रशासन र जनप्रतिनिधीको चासो हुन आवश्यकता छ र सम्पुर्ण समाजको दायित्व पनि हो ।

होला घर न बनला तर हाम्रो सानो सहयोगले कसैको रात आराम साथ बित्ने छ ।”समाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य समेत रहेका बर्णवाल सहित सो समुहमा अंकित शर्मा र अकाश चौहान छन् । तिनै जना तिन दिन देखी रातिको समयमा आफु नसुतिकन असाहयहरुलाई सहयोग गर्दै आएका छन् ।यस अघि सो समुहले वीरगंजको गणडक, भन्सार, रानिघाट, अदालत रोडमा भेटिएका असाहय ३० जनालाई कम्बल सहयोग गरि सकेका छन् भने अझै सहयोग गर्ने सोच रहेको जनाएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed