विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

२८ वर्ष देखि विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ

सिम्रौन्गढ़ नपा psa

२८ वर्ष देखि फरार लकडी चोरी मुद्दाका २ जना प्रतिवादी पक्राउ “

बारा जिल्ला अदालत बाट मिति २०४८।११।२० गतेको फैसला आदेशले लकडी चोरी मुद्दामा जनही रु.७७२।- जरिवाना ठहर भए पछि फरार रहेका पक्राउ परेका छन। फरार रहेका जिल्ला बारा साविक गा.वि.स.रमपुर्वा वडा नं.३ हाल परिवर्तित कोल्हवी न.पा.वडा नं.१बस्ने गंगा महरा र सोही ठाउँ बस्ने भिखारी बिनलाई पक्राउ गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यहि मिति २०७६।०९।०८ गते इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले निजहरू ठहर अनुसारको जरिवाना दाखिला गरी छुटेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

त्यस्तै सम्मानित बारा जिल्ला अदालतको मिति २०७१।१०।२५ गतेको फैसला आदेशले गाली बेजज्ती मुद्दामा रू.३००।- जरिवाना लागी फरार रहेका पनि पक्राउ परेका छन। जिल्ला बारा साविक गा.वि.स.सपही वडा नं.९ हाल परिवर्तित कोल्हवी न.पा.वडा नं.४ बस्ने रंजित पौडेललाई मिति २०७६।०९।०८ गते इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले निजले ठहर अनुसारको जरिवाना दाखिला गरी छुटेको जिप्रका बाराले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed