CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आर्थिक प्रलोभनमा परी हिन्दू धर्मका व्यक्तिहरुले हिन्दू धर्म समाप्त गर्न सडयंत्र : अध्यक्ष पटेल

फेटा GP PSA
1,111
सिम्रौन्गढ़ नपा psa

राकेश यादव,१० पौष ।

हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालमा बढ्दै गएको इशाईकरणबाट मुलुक विखंडन तर्फ धकेलिन सक्ने बताएका छन । अध्यक्ष पटेलले विदेशी मुलुकको इशारामा भैरहेको धर्म परिवर्तनको कार्य चिंताजनक रहेकोले यसलाई नियंत्रण गर्नु पर्ने धरना राखे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

राष्ट्रीयता , समृद्धि , विकाश ,एकता , पहिचान सहित शासन व्यवस्था जे होस , नेपाल हिन्दू राष्ट्र हुनुपर्छ मूल नाराका साथ विहिवार रौतहटको सदरमुकाम गौर स्थित रिपोर्टर्स क्लब नेपालको सभाहलमा भएको जन जागरण सभामा सम्वोधन गर्दै नेपालमा सनातन धर्मको रक्षा एवं हिन्दू धर्मको स्थापनाको निमित हिन्दू परिषद् नेपालको स्थापना गरिएको बताए ।

अध्यक्ष पटेलले आर्थिक प्रलोभनमा परी हिन्दू धर्मका व्यक्तिहरुले हिन्दू धर्म समाप्त गर्न सडयंत्र गरी रहेकोले हिन्दू धर्मालम्वीहरु लाइ एक ठाउमा आउनुको विकल्प नरहेको जिकिर गरे । गाउ गाउ मा क्रिश्चन धर्मको प्रचार गर्नेलाइ लखेट्नु पर्ने बताउँदै हिन्दू धर्मको रक्षाको लागि नेपाल हिन्दू राष्ट्र घोषणा हुनु पर्ने मांग गरे ।

Karaiya Mai Notice Winter

विश्वमा एक मात्र हिन्दू राष्ट्रको पहिचान नेपाल रहेकोले राजनितिक आड़मा सो पहिचान समाप्त पारिएको जिकिर गर्दै अध्यक्ष पटेलले नेपाललाइ हिन्दू राष्ट्रको पहिचान जोगाउनलाइ हिन्दू परिषद् नेपालमा आवद्ध भएर अघि बढ़न युवाहरुलाइ आग्रह गरे । ओमप्रकाश साहको सभापतित्वमा संपन्न भएको कार्यक्रममा विनोद उपाध्यायको अध्यक्षतामा २१ सदस्य गौर नगर कार्य समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा जगत लाल साह , कोषाध्यक्षमा विनोद यादव , सह कोषाध्यक्षमा हरेश पटेल , सचिवमा धीरज पटेल , सह सचिवमा नीरज रिजाल .सदस्यमा प्रभु नारायण तिवारी , अर्जुन साह , महिन्द्र साह , संजय यादव , प्रमोद पटेल लगायतका रहेका छन । वरिष्ठ सलाहकारमा मोसाफिर राय यादव चयन भएको जिल्ला कार्य समितिले जनाएको छ ।

भेलाबाट राजपुर नगरपालिकाको इंचार्जमा मुकेश साह , ईशनाथ नगरपालिकाको इंचार्जमा विनोद यादव , दुर्गा भगवती गाउ पालिकाको इंचार्जमा मनोज कुमार यादव र यमुनामाई गाउ पालिकाको इंचार्जमा विबेक कुमार साह छनौट गरिएको जिल्ला संयोजक ओमप्रकाश साह मधेशियाले जनाएका छन ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष अभिमन्यु पटेल, समाजसेवी नविन कुमार सिंह, संचारकर्मी राकेश यादव, सत्येंद्र प्रताप सिंह, देव बचत तथा सहकारी सस्था लिमिटेडका अध्यक्ष लालविहारी साह, राष्ट्रिय चिंतन परिवारका अशोक कुमार सिंह राजपूत लगायतका उपस्थति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश