CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार महासंघ पर्सा निकम्मा साबित हुदै, प्रदेश पनि उस्तै–उस्तै

फेटा GP PSA
882
सिम्रौन्गढ़ नपा psa

वीरगंज १२ पुस ।

हुनत पत्रकारले सत्य तथ्यको खोजी गरी सबैको बारेमा समाचार लेख्ने हो तर पत्रकारले नै गरेको कालाकर्तुतको बारेमा समाचार लेख्दा पाठकहरु आश्चर्य नै मान्नु हुन्छ । पत्रकारिता अर्थात संचारमाध्यम देशको चौथो अंग हो र देशलाई सहि दिशा निर्देश गर्ने अंग नै आफै भ्रष्ट हुनु भनेको निकै नै संवेदनशील रहेको सचेत नागरिकहरुको भनाई रहेको पाईएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सन्दर्भ नेपाल पत्रकार महासंघ पर्सा शाखाको हो । पत्रकार महासंघ पर्सा शाखाको कार्यसमिति निकम्मा साबित हुदै गएको महसुस गर्न थालिएको छ । महासंघको भवन निर्माण, कार्यालय सञ्चालन लगायत थुप्रै शिर्षकमा अनियमित्ता भएको बारे २०७५ पौष २९ गते सम्पन्न साधारणसभाले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

महासंघ पर्साको सभाहलमा सम्पन्न सो साधारणसभाले महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुध्न नेपाल, पार्षद्द्वय रितेष त्रिपाठी र ओमप्रकाश खनाल गरी तीन सदस्यीय छानबिन समिति बनाई प्रतिवेदन सार्वजनिककरण गर्न अख्तियारी दिईएको थियो । गठित छानबिन समितिले महासंघ र महासंघको नेतृत्वको गतिविधि छानबिन गरी भ्रष्टाचार भएको हो भन्दै दोषीलाई कारवाही गर्न प्रतिवेदन बुझाएको थियो ।

Karaiya Mai Notice Winter

गठित समितिले पर्सेली पत्रकारहरुलाई बोलाएर प्रतिवेदन सार्वजनिककरण गर्ने ठाउंमा ठहर्‍याईएको दोषी कै मिलोमतोमा उपाध्यक्ष अनुप तिवारीलाई हस्तान्तरण गरेका थिए, र सोको बोधार्थ प्रदेश महासंघमा दिएको थियो । प्रतिवेदन हस्तान्तरण भईसकेपछि महासंघ पर्साको कार्यसमिति बसेर दोषीलाई के, कति र कुन किसिमको कारवाही गर्नु पर्ने हो, त्यो नगरी दोषीकै मिलोमतोमा हालसम्म बैठक नबसेको स्रोतको भनाई रहेको छ ।

वर्तमान पर्सा कार्यसमितिमा दोषीकै हालीमुहाली रहेकोले बैठक नबसेको र दोषीलाई बचाउं गर्नुले कार्यसमिति निकम्मा साबित हुदै गएको छ । पर्सा कार्यसमिति दोषीलाई बचाउ गरे पनि प्रदेश नं. २ का महासंघ पनि मौन बसेको पाईएको छ । दोषीले प्रदेश महासंघका केही पदाधिकारीलाई आफ्नो प्रभावमा पारेकै कारण उनीमाथि छानबिन समितिले दिएको प्रतिवेदनले केही अर्थ नराखेको जानकारहरु बताउदंछन् ।

यस सन्दर्भमा छानबिन समितिका सदस्य रितेश त्रिपाठी संग प्रतिक्रिया लिंदा वहा“ले आफुलाई पत्रकारिता क्षेत्रको प्रचण्ड विद्धान ठानी सोधेको प्रश्नको जवाफ दिनु भन्दा पनि पत्रकारिताको आचार संहिता सिखाउन थालेका थिए।

पछि पुन: विनम्र आग्रह गर्दा भने सधारन सभाले दिएको अधिकार अनुसार हामीले छानबिन गरि कार्यसमिति लाई सार्वजनिकरण गर्न लाई जिम्मेवारी दिएको त्रीपाठीले प्रतिक्रिया दिएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश