CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिहिनेत गरे स्वदेशमै राम्रो आय

फेटा GP PSA
838
सिम्रौन्गढ़ नपा psa

अनिल गुप्ता, पौष १८ ।

वि.पि.सी.कलेजमा बि.बि.एस.मा अध्ययनरत बारा र पर्साका विधार्थीहरुले स्वदेशमै मिहिनेत गरी राम्रो आय आर्जन गर्न सकिन्छ भने उदेश्यले ब्रदर्स ग्रुपको निर्माण गरी बीरगंजको घण्टाघरमा एक वर्ष अगाडी द बियर्ड सप जेन्स पार्लर सञ्चालन गरी ग्राहकहरुको रोजाईमा पर्न सफल भएको र राम्रो आय आर्जन गरी उदाहरणीय कार्य गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ती विधार्थीहरुको लागि राम्रो आम्दानी भएको तथा आमाबुवा सँग पढाई खर्चको लागि पटक पटक पैसा माग्नु नपरेको हुनाले ती विधार्थीहरु साह«ै खुशी भएर बताएका छन् । त्यही हर्सोहुल्लासका साथ ब्रदर्स ग्रुपले द बियर्ड सप २ जेन्स पार्लरको दोस्रो शाखा बीरगंजको पानी टंकी चोकमा एक कार्यक्रम गरी संचालनमा ल्याएको हो ।

सो पार्लरको उद्घाटन गर्दै तरुण दल बाराका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी लोकेश सिंहले युवाहरु लाई आफ्नै देशमा केही गर्न सकिन्छ भनी अति नै सराहनीय कार्य गरेको तथा युवाहरुको लागि राम्रो उदाहरण ब्रदर्स ग्रुपले प्रमाणित गरेका छन् ।

Karaiya Mai Notice Winter

नेपाली युवाहरुले आफ्नो स्वदेशमा सानोतिनो काम नगर्ने तर बिदेशमा गएर जस्तो सुकै पनि काम गर्न तयार हुने हरुले ब्रदर्स ग्रुपबाट सिक्नु पर्ने तथा विविएस पढ्दै गरेका युवाहरुले दिउसोको खाली समयमा काम गरेर आफ्नो पढाई खर्च जोहो गर्नु आफैमा निकै गौरवको बिषय भएको सो कार्यक्रमका प्रमुख अतिथि सिंहले बताउदैे तन मन धन लगाएर ईमानदारीताका साथ स्वदेशमै व्यवसाय गर्नको लागि आग्रह समेत गर्नुभयो ।

पार्लरमा मसाज देखि कपाल काट्ने, कपालमा कलर गनेर्, मेकअप लगाएत सबै खाले सुविधा रहेको तथा अध्याधुनिक प्रविधि मार्फत सेवा प्रदान गरिने, विधार्थी तथा असाहायहरुलाई दश प्रतिशत छुटको ब्यवस्था समेत रहेको ब्रदर्स ग्रुपका प्रोपाईटर रिशाल रमन शाहले जानकारी गराएका छन् ।

दैनिक दश हजार सम्म पहिलो पार्लर बाट आम्दानी भईरहेको तथा दोस्रो शाखाबाट पनि यस्तै आम्दानी हुने अपेक्षा समेत गरेको शाहले बताएका छन् । द ब्रदर्स गु्रपमा विपनी गुप्ता, राजेश ठाकुर लगाएत विविएस अध्ययन गर्दै गरेका दश जना युवाहरुले रोजगारी समेत पाएका प्रोप्राईटर शाहले जानकारी गराएका छन् ।

सो कार्यक्रममा बीरगंजका श्रीपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक शाह, परवानीपुर गाउँपालिकाका सदस्य सञ्जु शाह, तरुण दल बाराका क्षेत्रीय सभापति राज किशोर गुप्ता लगाएतको सहभागिता रहेको थियो भन्ने सो कार्याक्रमका संचालन रमन शाहले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश