विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेश २ को वीरगंजमा एन्जियोप्लाष्टि शुरु,मुटु  रोगीलाई यस्तो हुनेछ फाइदा

सिम्रौन्गढ़ नपा psa

वीरगंज,//  निकै नै जटिल उपचार मानिएको मुटु उपचारको एन्जियोप्लाष्टिको वीरगंजबाट शुरुवात भएको छ ।वीरगंज हेल्थकेयर हस्पिटल गण्डक बहुअरीले शनिवारदेखि यो सुविधा थप गर्दै सेवाको हो । गंगालाल ह्दय केन्द्रबासवारीका दक्ष चिकित्सकहरुको सहकार्यमा यो सेवा शुरु गरेको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । तीन महिनादेखि एन्जियोग्राफी सेवा शुरु गरेको अस्पतालले प्रदेश २ कै आठ जिल्लाका मुटु रोगको लागि प्रदेशमै सुविधा दिन स्वास्थ्य मन्त्रालयसग पनि समन्वय भइरहेको अस्पताललका प्रबन्ध निर्देशक अबुुलहैस अन्सारीले जानकारी गराए ।

उनले २०६७ साल देखि विविध विशेषज्ञ सेवा दिइरहेको अस्पतालले मुटु रोगीको लागि यो सेवा शुरुगरेकोमा खुशी व्यक्त गरे ।उनले यो सेवाले प्रदेश २ कै मुटुरोगीको लागि फलदायी हुने विश्वास व्यक्त गरे ।गंगालाल ह्ृदयकेन्द्र बाँसबारीको वरीष्ठ मुटुरोग विशेषज्ञ डा.रबि मल्लले गंगालालमा एन्जियोप्लाष्टि गराउने कतिपय रोगीलाई समस्या हुने भएकोले यदि यो सेवा वीरगंजबाट भयो भने निकैको फाइदा हुने बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

समयमा अस्पताल नपुग्दै कतिपय मुटुरोगीको ज्यान जानेभएकोले वीरगंजमा यो सेवा विस्तारसंगै आम विरामीको खर्च बचत हुनुको साथै राजधानी ओहोरदोहोरको समस्या पनि टर्ने उनको भनाई थियो ।हाल सम्मयो अस्पतालले मुटुको नशा ब्लक भएको वा नभएको हेर्ने विधि एन्जियोग्राफीको नतिजा अनुसार २९ जनामा नशा ब्लक भएको पाइएको तथा काठमाडौंमा उपचार गराउन जाने विरामी मध्ये प्रदेश २ कै ८० प्रतिशत देखिने भएकोले यो सेवाको यहाँ आवश्यकता पनि रहेको महसुस गरेको डाक्टरहरुले औल्याएका थिए ।मुटु रोगीको उपचारको लागि सरकारले विपन्न वर्गलाई अधिकत्ममा १ लाख सम्म सहयोगको व्यवस्था गरेपनि प्रदेश नं २ का अस्पतालहरुले यो सेवा सञ्चालनमा नल्याएको कारण राजधानीमा मात्र मुटुरोगीले उपचार गराउन जानु पर्ने बाध्यता रहेको बताएका थिए ।

मुलुककै २१ प्रतिशत जनसख्या रहेको यस प्रदेशमा यो सुविधा थप भएसंगै मुटुरोगीको उपचारमा सहजता थपिने अनुमान गरिएको छ ।पत्रकार सम्मेनलमा गंगालाल ह्रृदय केन्द्रका वरिष्ठ मुटुारोग विशेषज्ञ डा विनय रौनियार, हेल्थकेयरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. एम ईजहार,डां अच्युतानन्दलाल कर्ण, हेल्थ केयरका न्यूरो सर्जन डा.फिरोज अफजल,डा.दिपक कुशवाहालगायतको सहभागिता थियो ।अस्पतालकी नर्सिग ईन्चार्ज भूमिका अधिकारीले स्वागत गरेकी थिइन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed