विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

प्याब्सनले १५ औं साधारणसभाको अवसर पारेर गरे आफ्नै निजि भवनको उद्घाटन

प्याब्सनले १५ औं साधारणसभाको अवसर पारेर गरे आफ्नै निजि भवनको उद्घाटन

सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
प्याब्सन जिल्ला कार्य समिती मोरङले १५ औ साधारणसभाको अवसर पारेर आफ्नो निजी तथा आवासीय नवनिर्मित प्याब्सन भवनको उद्धाटन गरेको छ ।
प्याब्सन मोरङले मंगलबार विराटनगरमा आयोजित १५ औं साधारणसभाका बिच भवनको उद्धाटन सम्पन्न गरेको हो । विराटनगर महानगरपालिका वडा नं. ३ मा २ कठ्ठा ५ धुर जग्गामा १ करोड १४ लाख ८३ हजार ५ सय ८३ रुँपैयाको लागतमा नवनिर्मित २ तले भवनको उद्धाटन भवन निमार्ण मुल समितिका संयोजक तथा प्याब्सनका केन्द्रिय अध्यक्ष टीकाराम पुरीले गर्नुभएको छ । उक्त कार्यक्रममा प्याब्सन मोरङ्गको भवन निमार्णमा सहयोग पुर्याउने २४ वटा पुस्तक प्रकाशन गृह तथा १ सय २४ वटा सदस्य विद्यालयहरुका साथै मोरङ्गमा विगत लामो समयदेखि अध्यापन गराउँदै आईरहेका १२ जना शिक्षक शिक्षिकाहरुलाई समेत सम्मान गरिएको छ । भवन निमार्णको लागी पुस्तक प्रकाशन गृहबाट कुल ७८ लाख ५९ हजार ६ सय ६६ रुँपैया र सदस्य विद्यालयहरुबाट ४२ लाख १६ हजार ६ सय ९१ रुँपैया गरी कुल १ करोड २० लाख ७६ हजार ३ सय ५७ रुँपैया सहयोग रकम संकलन भएको छ।
प्याब्सन मोरङ्गले विभिन्न सामाजिक संगठन, जनसमुदाय, शिक्षाप्रेमी र सबै सरोकारवालाहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्दै अगाडि बढिरहेको संस्थागत विद्यालयहरुको छाता संगठन हो । यस संस्थाले आफ्ना सदस्य विद्यालयहरुको हितका लागि बेलाबखतमा संशोधन गरिएका निति, नियम र ऐनका बिषयमा सरकारसँग संवाद तथा न्यायोचित निर्णयहरुको माग गर्दै आईरहेको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed