विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जेनरल अस्पतालले बचायो ५ वर्षिय रिहानको ज्यान

जेनरल अस्पतालले बचायो ५ वर्षिय रिहानको ज्यान

सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
जेनरल होस्पिटल एण्ड ट्रमा केयर सेन्टरले एसिड खाएको ५ वर्षीय रिहान धिमालको सफल उपचार गरेर ज्यान बचाएको छ।सफारिमा हाल्ने एसिड खाए पछि बेलबारी स्थित नोबेल अस्पतालमा र धरानस्थित घोपा क्याम्पले रिफर गरेको बच्चाको जेनरल अस्पतालको बालरोग विशेषज्ञ डा. फरेन्द्र शाहले सफल उपचार गरेको हो। बच्चाको आमाले धरानमा भर्ना लिन नमाने पछि हामीले त आशानै छाडी सकेका थियो। तर यहाँ आएर डा . शाहले सफल उपचार गरेर मेरो बच्चालाई नयाँ जीवन नै दिनु भएको बताउनु भयो। पुस २९ गते अस्पताल भर्ना भएको रिहान एक हप्ता पछि आज डिस्चार्ज भएर घर फर्किएको छ। ४ महिना अगाडी संचालनमा आएको उक्त अस्पतालले गरिब र असहायहरुलाई बेला बेला विशेष छुट दिदै सहयोग गर्दै आइरहेको छ। बालरोग विशेषज्ञ डा. फरेन्द्र शाहले हामीले जस्तो सुकै बिरामीलाई खुशी र सन्तुष्ट बनाएर पठाउने गरेको बताउनु भयो। उहाले हामीले दिएको सेवाले सेवाग्राही संतुष्ट होस भन्ने चाहना का साथ सेवा गरि रहेको बताउनु भयो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed